विद्यालय शिक्षा विधेयकविरुद्ध सर्लाहीका पालिकामा ज्ञापनपत्र

692 Shares

विद्यालय शिक्षा विधेयक प्रति असन्तुष्टि जनाउँदै सर्लाहीका शिक्षकहरुले आ आफ्नो पालिकामा धर्ना सहित ज्ञापन पत्र बुझाएका छन्।सर्लाहीका ११ वटा नगरपालिका र नौ वटा गाउँपालिकामा ज्ञापन पत्र सहित शिक्षकहरूले दुई घण्टा धर्ना बसेर विरोध जनाएका नेपाल शिक्षक संघ बागमतीका अध्यक्ष लोकनाथ दाहालले जानकारी दिए ।

WhatsApp Image 2025-08-29 at 1.12.35 PM.jpeg
उनका अनुसार नेपाल शिक्षक महासंघले २०७५,२०७८ र २०८० मा ठूल्ठूला आन्दोलन गरी तिनै आन्दोलनको बलमा नेपाल सरकारसँग क्रमशः ३०,५१ र छ बुँदामा सहमती गरेको थियो। विगतमा भएका ती सबै सहमती समावेश गरी विद्यालय,विद्यार्थी र शिक्षक कर्मचारी मैत्री ऐन जारी गरिनुपर्छ भन्ने मागमा २०८१ मंसिर २ गते आन्दोलन समेत भएको थियोे। करिब चार महिना चलेको आन्दोलनपछि २०८२ वैशाख १७ गते नेपाल सरकार र महासंघ बीच भएको सहमती अनुसार २०८२ वैशाख १७ गते नेपाल सरकार मन्त्रीपरिषद्ले नौ बुँदे निर्णय गरेको थियो ।

t.jpg
तर सहमती र मन्त्रीपरिषदको नौ बुँदे निर्णयहरु अझै कार्यान्वयनमा नआएका कारण पुन आन्दोलनको तयारी स्वरुप ज्ञापन पत्र सहित शिक्षकहरूले दुई घण्टा धर्ना सुरु गरिएको अध्यक्ष दाहालले बताए । 

सम्बन्धित समाचार