ट्रकको ठक्करबाट विद्यार्थीको ज्यान गएपछि विद्यार्थी र आफन्तद्वारा टायर वालेर प्रदर्शन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-५ गते   ७४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित वस्तीपुरमा ट्रकको ठक्करबाट एक विद्यार्थीको ज्यान गएपछि आक्रोसित विद्यार्थीहरुले पुर्वपश्चीम लोकमार्ग अवरुद्ध पारेका छन् ।
सोमबार(आज) बिहान करिब ५ बजे ट्युसन पढ्न हिडेका चन्द्रनगर गाउँपालिका–१, रतनपुर का वर्ष अन्जादी १६ का  दिपेन्द्र यादवलाई ना ३ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको छ ।  प्रहरीका अनुसार विद्यार्थी यादव लालबन्दी नगरपालिका ९ मा रहेको जनज्योती माविमा कक्षा ९ मा अध्यायनरत रहेका थिए ।  
विद्यार्थीको शव जिल्ला अस्पताल सर्लाहीमा परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ । घटनालगत्तै स्थानीय र विद्यार्थीको समूहले केही सयम पूर्व–पश्चिम लोकमार्गमा टायर बालेर अवरूद्ध गरेका विद्यार्थी नेता शिवराज धमालाले जानकारी दिनु भयो । अखिल(क्रान्तीकारी) सर्लाहीका रन्जीत सहनीको नेतृत्वमा सयौँ विद्यार्थीहरु आन्दोलीत भएका अखिल(क्रान्तीकारी) सर्लाहीका सह सचिव तेज तामाङ्गले जानकारी दिनु भयो । उहाँका अनुसार दोषीलाई हदै सम्मको कार्बाही र पीडितलाई उचित क्षेतीपुर्तिको माग गर्दै विद्यार्थीहरुले नाराजुलुस गरी टायर वालेर लोकमार्ग अवरुद्ध पारेका हुन ।
घटनामा संलग्न सवारी र चालकलाई इलाका प्रहरी कार्यलय लालबन्दीले नियन्त्रणमा राखेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech