Close This

संविधानमै रहेर गैर सांसदलाई मन्त्री बनाएको माओवादी केन्द्रका सचिवालय सदस्य श्रेष्ठको दाबी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-२५ गते   ४७ पटक हेरिएको

संविधान अनुसार नै गैर सांसदलाई मन्त्री बनाएको नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सचिवालय सदस्य तथा पुर्व उप प्रधानमन्त्री नारायण काजी श्रेष्ठ(प्रकाश)ले बताउनु भयो । नेपालको संविधानमा गैर सांसदलाई पनि मन्त्री बनाउन पाउने व्यावस्था रहेको बताउँदै उहाँले संविधानको मर्म अनुसार भए नभएको भन्ने कुरा त्यसको औचित्यद्धारा पुष्टि हुनु पर्ने उहाँको भनाई छ । 
संविधान अनुसार भए नभएको भन्ने विषयमा चर्चाचलि रहेको समयमा राजिनामा दिनु पर्ने स्थिती आउनु ले सकारात्मक सन्देश नदिएको बताउँदै यस विषयमा गठबन्धन र सरकार समयमै सचेत हुनु पर्ने उहाँको भनाई छ । उहाँका अनुसार प्रधान न्यायधिशको कोटामा हो वा होईन भन्ने कुरा शिर्सस्त नेताहरुले बताउने  छन् ।


साथै नेकपा(माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखेर आफ्ना भातृसंगठनहरु विस्तारको क्रममा लागेको बताउँदै पार्टीको विधि विधान अनुसार कमिटिमा समावेश हुने कुरा पार्टीले चाहेको उहाँको भनाई छ ।
सर्व सहमती अनुसार भएका समितिहरुलाई पार्टीले विधान अनुसार मान्ने र अखिल(क्रान्तीकारी)की अध्यक्ष पञ्चा सिंह अखिल(क्रान्तीकारी) को आधारिक अध्यक्ष रहेको उहाँले दाबी गर्नु भयो । प्रतिगमनको खतरलाई रोक्दै पुन खतरा आउन नदिन गठबन्धन बनाएको र निर्वाचन सम्म नै गठबन्धन कायम रहने उहाँले बताउनु भयो ।
नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटिको नगर कार्यालय उद्धघाटन गर्न सर्लाही आउनु भएका नेता श्रेष्ठले पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनु भएको हो । उहाँले पत्रकार भेटघाट कार्यक्रममा नेकपा(माओवादी केन्द्र)लोकतान्त्रीक विधि अनुसार नै चल्ने र चलेको दाबी गर्नु भयो । उहाँले पार्टीमा निर्वाचन आयोग रहेको साथै पार्टीले कार्यविधि बनाएको बताउँदै योग्यता पुगेको पार्टीका सदस्यहरुले आफ्नो योग्यता अनुसारको हैसियतमा जान पाउने र उम्मेदवारी दिन पाउने छन् । साथै नेकपा(माओवादी केन्द्र)ले टोल, गाउँ,वडा,पालिका,नगर,क्षेत्र र प्रदेश सम्मेलन गर्दै पुस ११,१२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने र निर्वाचित प्रक्रियाबाट नै जाने उहाँले दाबी गर्नु भयो ।
आईतबार सर्लाही आउनु भएका नेता श्रेष्ठले लालबन्दी नगर कमिटिको पार्टी कार्यालय उद्धघाटन गर्नुका साथै वाईसीयल नेपाल लालबन्दी नगर कमिटिको प्रभम नगर सम्मेलन सम्मपन्न पार्दै बरहथवामा शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम समेत सम्पन्न पार्नु भएको नेकपा(माओवादी केन्द्र) सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिनु भयो । सचिव बुढाथोकीका अनुसार बरहथवा क्षेत्रबाट विभिन्न पार्टी परित्याग गरि करिब तीन सयजना नेता तथा कार्यकर्ताहरु नेकपा(माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
पत्रकार भेटघाट कार्यक्रममा नेकपा(माओवादी केन्द्र) सर्लाहीका सचिव कमल बुढाथोकी,राष्ट्रिय सभाका सदस्य राधेश्याम पासवान,पार्टीका नेता तथा बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा,नेतृ सावित्रि बुढाथोकी(वाग्ले),वाईसीयल नेपाल प्रदेश २ का प्रदेश कमिटि संयोजक सन्देश श्रेष्ठ,अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य सचिन दाहाल लगायतका नेकपा(माओवादी केन्द्र)का नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech