सिन्धुली ट्राफिकको फागुनमा ७ लाख बढी राजश्व

167 Shares

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चालु आर्थिक वर्ष २०८२/०८३ को फागुन महिनामा करिब करिब साँढे सातलाख राजश्व संकलन गरेको छ।फागुनमा रु सात लाख ३३ हजार राजश्व संकलन  जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवम प्रहरी निरीक्षक कलिम अन्जुमले जानकारी दिए ।
उनका अनुसार जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने सात सय ५५ वटा सवारी साधनहरुलाई कारबाही गरी चालु आर्थिक वर्ष २०८२/०८३ को फागुनमा रु सात लाख ३३ हजार राजश्व संकलन भएको हो।कार्यालयमा अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को फागुनमा १४ वटा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३३ जना घाईते भएका छन् ।
यता,वि.पी.राजमार्ग अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका २ मा ट्रकले बसलाई ठक्कर दिँदा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका ६ का अन्दाजी २६ वर्षीय कमल खड्का घाईते भएका छन् ।
वि.पी.राजमार्ग अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका २ मा प्र ०१ ०२ ००२ ख ११४७ नम्बरको ट्रक व्याक गर्ने क्रममा सिन्धुलीबाट काठमाण्डौ तर्फ जाँदै गरेको प्र.०१ ०१ ००१ ख ४८६० नम्बरको बसलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।पछिल्लो समय वि.पी, मदन भण्डारी र मध्य पाहाडी राजमार्गका साथै भित्रि सडकहरुमा दुर्घटना बढी रहेको सिन्धुली प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार