Close This

दोस्रो बागमती मेयरकप सम्पन्न,वडा नम्बर २ लाई उपाधि

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१ गते   ३५७ पटक हेरिएको

दोस्रो बागमती मेयरकपमा  बागमती नगरपालिका वडा नं. २ ले  उपाधि उचालेको छ । मंगलबार भएको फाइनल खेलमा वडा नं. २ ले वडा नं. ८ लाई पराजित गर्दै दोस्रोपटक पनि उपाधि उचाल्न सफल भएको हो। फाइनलमा वडा नं. २ ले वडा नं. ८ लाई ३–२ गोल अन्तरले पराजित गर्दै दोस्रो मेयरकपको उपाधि उचालेको हो ।
खेलमा निरोज थिङले दुई र आशिष स्याङतानले एक गोल गरेका थिए । वडा नं. ८ का लागि सुजित शाही ठकुरी र शान्ति प्रसाद पौडेलले एक÷एक गोल गरेपनि त्यो जितका लागि पर्याप्त हुनसकेन । मंगलबारको फाइनल  खेलमा बिजयी टिमका सुजन वाईवा म्यान अफ द म्याच र उपबिजेता वडा नं. ८ का सुजित शाही ठकुरी म्यान अफ द सिरिज र सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमलाई आयोजक अन्नपुर्ण सहारा क्लब धरहराका अध्यक्ष टंक बहादुर बोहाराको अध्यक्षता एवम बागमती नगरपालिकाका नगरप्रमुख  भरतकुमार थापाको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरिएको आयोजकले बताएको छ ।  
बिजेता वडा नं. २ ले ५१ हजार तथा उपबिजेता वडा नं. ८ ले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । मंसिर १८ गतेबाट सुरु भएको प्रतियोगितामा बागमती नगरपालिकाको १२ वटा वडाका एक एक टिम र आयोजक अन्नपुर्ण सहारा क्लबका एक गरी १३ टिमको सहभागीता रहेको थियो । राजु तामाङ, 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech