विभिन्न डाँका मुद्दाका घटनाहरुमा संलग्न रहेका आराेपित सर्लाहीको लालबन्दी नगरपालिका २ डि टाेलका एकजनालाई महाेतरी प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय महाेतरीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिलिप गिरीले जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलिले पासवानलाई पक्राउ गरेको हाे । उनका अनुसार पक्राउ परेका पासवान कार्तिक २० गते राति महोत्तरीको जलेश्वर नगरपालिका ८ सानो रतवाडाको डकैती घटना,असार २९ गते महोत्तरी गाउँपालिका ३ र असार २९ गते राति नै महोत्तरीकै सोनमा गाँउपालिका २ तरहारीमा भएको डकैती घटनामा संलग्न रहेका पाईएपछि प्रहरीले फरार सुचिमा राखेर खाेजी गरेकाे थियाे ।
पक्राउ परेका पासवानलाई जिल्ला अदालत महाेतरीमा पेश गरेकाेमा जिल्ला अदालत महाेतरीले पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरेको अदालतले जनाएको छ ।