सर्लाहीको लालबन्दी नगरपालिका–१४, नारायणखोलामा चितुवाको आक्रमणबाट एक जना गम्भीर घाईते भएका छन् ।
नारायणखोलाका २४ वर्षीय दुधराज तामाङ चितुवाको आक्रमणबाट गम्भीर घाईते भएका प्रहरीले जनाएको छ । वुधवार दिउँसो बाख्रा गोठालो जाँदा चितुवाको आक्रमणबाट घाईते भएका तामाङलाई उपचारको लागी लालबन्दीको निजी स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि वीर अस्पताल काठमाण्डौं रेफर गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक नारायण थापाले बताउनु भयो ।
वन विनाश र मानव अतिक्रमणका कारण सर्लाहीको अन्य ठाउँका वन क्षेत्रमा चितुवा लगायतका जंगली वन्यजन्तु पाउन छाडेपनि विकट क्षेत्रमा पर्ने नारायणखोलाका चुरे पहाडहरुमा भने अझै पनि जंगली जनावर पाइने गरेको भन्दै स्थानीय वासिन्दा त्रसीत बनेका छन ।