३ जना कारचोर सहित कार लालबन्दी प्रहरीको नियन्त्रणमा

2.7k Shares

सर्लाहीको इलाका प्रहरी कार्यालय लालबन्दीले ३ जना कारचोर  पक्राउ गरेको छ । धनुषाबाट कार चोरेर भाग्दै गरेको अवस्थामा तीनै जनालाई कारसहति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनु भयो ।
पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका २ का राजकुमार साह, संजीव यादव र बटेश्वर गाउँपालिका १ का अनिल मण्डल रहेका प्रहरीले जनाएको छ । सोमबार राति बटेश्वर गाउँपालिका–३ कोइरियानी टोलका रामचन्द्र महतोको घरमा पार्किङ्ग गरी राखेको अवस्थामा बा ४ च ३९७५ नम्बरको सेन्ट्रो कार चोरी भएको थियो । 
कार चोरी भएको सूचना प्राप्त हुन साथ बटेश्वर प्रहरी चौकीको पहलमा खोजीकार्य जारी रहेको थियो । कार चोरेको आरोपमा प्रक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लालबन्दीले इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई बुझाएको र इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार