जिप्रका सर्लाहीका प्रमुख सुवेदीको निर्देशन विपरित चार नाकाबाट भन्सार छली र असुली

1.2k Shares

सर्लाहीको नेपाल भारत सिमानाका नारायणपुर,पर्सा,फेन्हरा र बहादुरपुर क्षेत्रबाट प्रहरीको सहयोगमा व्यापक तस्करी भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदी आएपछि सिमानाकामा निकै कडाई गरिएको भएपनि सिमा प्रहरी चौकी नारायणपुर,पर्सा,फेन्हरा र बहादुरपुरका प्रहरी प्रमुखहरुले कमिसन असुलेर प्रहरी उपरिक्षक सुवेदीको निर्देशन विपरित भन्सार छलीका सामानहरु कटाउने गरेका पाइएको हो ।
सिमा प्रहरी चौकी नारायणपुरका असई रामकृपाल साह,पर्साका बरिष्ठ सई भगवानसिंह भण्डारी,सिमरा फेन्हरामा बरिष्ठ सई जितेन्द्र कुमार चौधरी र बहादुरपुरमा विनोद ठाकुरले जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी उपरिक्षक सुवेदीको निर्देशन विपरित भन्सार छली चिनी,तेल,सुर्तीजन्य पदार्थ,कुखुरा,कपडाका साथै नेपालबाट गिट्टी,बालुवा,ढुंगा,सुपारी लगायतका सामानहरु ओसार पसार गरि रहेका एक प्रहरी अधिकारीले बताए ।
उनका अनुसार दिनेश,विजय,सुरेश,सन्तोष,अन्तोष,रामबाबु,नविन,विजय,पुकार,हुसेनी,सरिता र उमेश लगायतका व्यापारीहरुले सिमाका यी प्रहरी चौकीहरुलाई कमिसन दिएर चिनी,तेल,सुर्तीजन्य पदार्थ,कपडा,कुखुराका साथै नेपालबाट गिट्टी,बालुवा,ढुंगा,सुपारी र कस्मेटीकका सामाग्रीहरु लगायतका सामानहरु ओसार पसार गरिरहेका छन् ।
सर्लाहीका सिमानाकाहरुमा गैर कानुनी कार्य हुन नदिन प्रहरी उपरिक्षक सुवेदीले निर्देशन दिएका भएपनि तस्करहरुसंग मिलेर प्रहरी अधिकारीहरुले रातको समयमा चिनी,तेल,सुर्तीजन्य पदार्थ,कपडा,कुखुराका साथै नेपालबाट गिट्टी,बालुवा,ढुंगा,सुपारी र कस्मेटीकका सामाग्रीहरु लगायतका सामानहरु ओसार पसार गर्न दिई रहेका जिल्लाका एक व्यापारी गरीव दासले बताए ।
उनका अनुसार जिल्लाको पुर्व संग्रामपुरदेखि पश्चीमको छतौनासम्मको सिमानामा रहेका हरेक प्रहरी युनिटहरुलाई सिमानाकामा कडाईका साथ गस्ती,डियटी गर्न प्रहरी उपरिक्षक सुवेदीले निर्देशन दिएका भएपनि सिमा प्रहरी चौकी नारायणपुरका असई साह,पर्साका बरिष्ठ सई भण्डारी,सिमरा फेन्हराका बरिष्ठ सई चौधरी र बहादुरपुरका ठाकुरले  दिनेश,विजय,सुरेश,सन्तोष,अन्तोष,रामबाबु,नविन,विजय,पुकार,हुसेनी,सरिता र उमेश लगायतका व्यापारीहरुसंगबाट ठुलो रकम कमिसन लिएर भन्सार छली गैर कानुनी तरिकाबाट सामानहरु ओसार पसार गर्न दिएका हुन ।
सिमा प्रहरी चौकी नारायणपुरका असई साह,पर्साका बरिष्ठ सई भण्डारी,फेन्हराका बरिष्ठ सई चौधरी र बहादुरपुरका ठाकुरले  दिनेश,विजय,सुरेश,सन्तोष,अन्तोष,रामबाबु,नविन,विजय,पुकार,हुसेनी,सरिता र उमेश लगायतका व्यापारीहरुसंगबाट चिनी,तेल,सुर्तीजन्य पदार्थ,कपडा,कुखुराका साथै नेपालबाट गिट्टी,बालुवा,ढुंगा,सुपारी र कस्मेटीकका सामाग्रीहरु लगायतका सामानहरु ठुलो कमिसन लिएर ओसार पसार गर्नदिएका पाइएको अर्का व्यापारी दिनेश रौनीयारले बताए ।
त्यसैगरी,नाारायणपुरका असई साह,पर्साका बरिष्ठ सई भण्डारी, सिमरा फेन्हराका बरिष्ठ सई चौधरी र बहादुरपुरका असई ठाकुरले आफुहरुको यरीयाबाट किसानहरुले केही मल मात्र ल्याएका भन्दै घुमाउरो पारामा स्वीकार गरे ।
यता,सिमा प्रहरी चौकी नारायणपुरका असई रामकृपाल साह,पर्साका बरिष्ठ सई भगवानसिंह भण्डारी,सिमरा फेन्हरामा बरिष्ठ सई जितेन्द्र कुमार चौधरी र बहादुरपुरमा विनोद ठाकुरले भन्न्सार छलीका सामानहरु कमिसन खाएर कटाउने गरेको सुचना आयो त्यो वास्तविकता हो की होईन ? भन्ने कमलामाई मिडिया प्रा.लिको प्रश्नमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुवेदीले सिमा नाकामा हुने कुनै पनि  गतिबिधिमा प्रहरीको संरक्षण र मिलेमतो हुन नदिने,प्रहरीले कुनै गलत कामलाई  संरक्षण गर्दैन भन्ने बिश्वास हरेक नागरिकलाई  दिलायरै छोड्ने बताए । उनले आफु सुरुदेखि नै यहि प्रयासमा रहेको बताए साथै प्रहरीको व्यावसायिक छवी हरेक नागरिकले महशुस गर्ने गरी प्रहरीको आचरण र व्यबहारमा सुधारेर लैजाने प्रतिवद्धता समेत जनाए ।

सम्बन्धित समाचार