Close This

लक डाउन जेठ ५ गतेसम्म,जेठ १८ गतेसम्म अन्तर्रा्ष्ट्रिय उडान र सीमा नाकामा आवागमन बन्द

पत्र पत्रिका    प्रकाशित: २०७७-१-२४ गते   २६५ पटक हेरिएको

सरकारले बन्दाबन्दी अर्थात् लकडाउन जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण हुन नदिन लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन बिहीबार २५ वैशाखमा सकिँदै थियो ।अवस्था र स्थान हेरी केही खुकुलो गर्न माग भइरहेका बेला सरकारले ११ दिन अरु थपेको हो ।
मुलुकमा कोरोनाको संक्रमण देखिएपछि सरकारले चैत्र ११ गतेबाट देशव्यापी लकडाउन गरेको थियो । त्यसयता पटक पटक थपिएको बन्दाबन्दीको समय यही बैशाख २५ मा सकिँदै थियो ।बन्दाबन्दी लगातार लम्ब्याउँदा देशको आर्थिक अवस्था निकै जर्जरबन्दै छ भने नागरिकहरुमा थुप्रैं समस्या आउन थालेको छ । कमजोर आर्थिक अवस्था भएकाहरुलाई खानकै समस्या भइसकेको छ ।
त्यसैगरी सरकारले जेठ १८ गतेसम्म अन्तर्रा्ष्ट्रिय उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ । अन्तर्रा्ष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय भएको एक मन्त्रीले बताए ।
बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech