नेकपा(माओवादी केन्द्र)सर्लाहीले नयाँ वर्ष २०८२ को पुर्व सन्ध्यामा शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ।माओवादी केन्द्र सर्लाही क्षेत्र नम्बर १ कमिटिको आयोजनामा इश्वरपुर उद्योग बाणिज्य संघको हलमा माओवादी केन्द्र मधेश प्रदेशका इन्चार्ज मातृका प्रसाद यादवको प्रमुख आतिथ्यतामा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका माओवादी केन्द्रका केन्द्रीय सदस्य लुमणी धिमाल(लोचन)ले जानकारी दिए ।
उनका अनुसार माओवादी केन्द्र इश्वरपुर नगर कमिटिका अध्यक्ष नरेश महतोको अध्यक्षता तथा प्रदेश इन्चार्ज यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटि सदस्य प्रल्हाद कुमार बुढाथोकी,मधेश प्रदेश संसदिल दलका नेता एवम निवर्तमान गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साह,माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम निवर्तमान प्रतिनिधि सभा सदस्य प्रमोद साह,केन्द्रीय सदस्य एवम माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्युतम प्रसाद काफ्ले र माओवादी केन्द्र लालबन्दी नगर कमिटि अध्यक्ष लेखराम जर्घा(अर्जुन) लगायतको उपस्थिति रहेको थियो ।
शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा नेपाली कंग्रेस,नेकपा(एमाले)र जनता सामाजवादी पार्टी(जसपा)नेपाल परित्याग गरि सयौं नेता कार्यकर्ताहरु माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।माओवादी सरकारमा भएको समयमा भ्रष्ट्राचार विरुद्ध कडा रुपमा प्रस्तुत भएर काम गरेको साथै नागरिकहरुको प्रत्यक्ष सरोकारका सवालहरुमा धेरै काम गरेका कारण पछिल्लो समयमा माओवादी केन्द्र प्रति नेपाली जनताको आकर्षण बढेको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।