Close This

स्वा.विष्णुराजकी श्रीमती र छोराद्धारा बृद्धश्रामलाई खाद्यान्न सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२१ गते   ६२७ पटक हेरिएको

स्वा.विष्णुराजकी श्रीमती र छोरा बृद्धश्रामलाई खाद्यान्न सहयोग गर्दै गर्दा फोटो मनोज बख्रेल

सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमलाई खाद्यान्न सहयोग प्राप्त भएको छ ।
लालबन्दी नगरपालिका १७ निवासी स्वा.विष्णुराज श्रेष्ठको सोह्रश्राद्ध तिथीको अवसर पारी उहाँकी श्रीमती रेखा श्रेष्ठ र छोरा विकाश श्रेष्ठले पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमलाई खाद्यान्न सहयोग गर्नु भएको हो ।
आईतबार बिहान आश्रममै पुगेर उहाँहरुले खाद्यान्न सहयोग गर्नुभएको हो । उहाँहरुले आश्रममा शरण लिएर बसिरहनु भएका वृद्धबुद्धालाई भोजन गराउन ५० किलो चामल, ३० किलो दाल, ५० किलो आलु, १ कार्टुन तेल, २ कार्टुन बिस्कुट, बोडी, मसला लगायतका सामग्री सहयोग गर्नु भएको आश्रमकी व्यावस्थापक भवानी कोइरालाले जानकारी दिनुभयो ।
आश्रमलाई सहयोग गर्ने सहयोगी दाताहरुलाई आश्रमकी व्यावस्थापक कोइरालाले धन्यवाद समेत दिनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech