Close This

चन्द्रनगरबाट लागूऔषधसहित तीन युवक पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-७-१ गते   २३६७ पटक हेरिएको

सर्लाहीको चन्द्रनगर गाउँपालिका–३, बाट लागूऔषधसहित तीन युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

 ईश्वरपुर नगरपालिका–९, रामनगर बस्ने १८ वर्षीय सुशान्त चौधरी, २० वर्षीय अमृत कुमार साह र २१ वर्षीय राम प्रवेश साह रहेका इलाका प्रहरी कार्यालय केरशगन्ज बयलवासले जनाएको छ । भारततबाट आउँदै गरेको ना १७ प १२२९ नम्वरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकेर चेकजाँच गर्दा १ हजार २ सय ट्याब्लेट नाईट्राभेट  बरामद भएको इलाका प्रहरी कार्यालय केरशगन्ज बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक विरेन्द्रराज गुरुंगले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech