Close This

हरिवन नगरपालिकाको नगरप्रमुख पदका लागि माओवादी केन्द्रका बुढाथोकी र उप प्रमुख पदका लागि एमालेकी घलानको अग्रता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-३ गते   ३०९७ पटक हेरिएको

हरिवन नगरपालिकाको नगर प्रमुख पदमा नेकपा(माओवादी केन्द्र)का रमेश बुढाथोकी(कमल)ले अग्रता लिएका छन् । हरिवन नगरपालिका १ देखि ७ नम्बर सम्मको मतगणना सम्पन्न हुँदा नेकपा(एमाले)का गणेश प्रसाद प्रसाईंले अग्रता लिएका भएपनि हरिवन नगरपालिका ८ को ८ सय र वडा नम्बर ९ को ४ सय मतगणना गर्दा माओवादी केन्द्रका बुढाथोकीले अग्रता लिएका हुन् ।
जारी मतगणना अनुसार हालसम्म नगर प्रमुख तर्फ माओवादी केन्द्रका बुढाथोकीले ३ हजार ६ सय ३५, एमालेका प्रसाईंले ३ हजार ४ सय २८, नेकपा(एकीकृत समाजवादी)का सुरेन्द्र लामाले २ हजार ९ सय १९ र नेपाली कांग्रेसका राम प्रसाद मैनालीले १ हजार ९ सय ८७ मत प्राप्त गरेका छन् ।
त्यस्तै नगर उप प्रमुखतर्फ भने एमालेकी हरिमाया घलानको ३ हजार ५ सय १८, कांग्रेसकी सोनी कुमार बम्जनको ३ हजार १ सय ८७, माओवादी केन्द्रकी पदमा दोङको २ हजार ८ सय ९९ र एकीकृत समाजवादीकी सीता थापाको २ हजार ५१ मत प्राप्त गरेका छन् ।
जारी मतगणना सम्ममा वडातर्फ भने हालसम्म कांग्रेसले १, २ र ४ को वडाध्यक्ष जीतेको छ भने एमालेले ३ र ७ को वडाध्यक्ष जीतेको छ । त्यस्तै एकिकृत समाजवादीबाट ५ र ६ नम्बर वडामा वडाध्यक्ष विजयी भएका छन् । बैशाख ३० गते सम्पन्न स्थानिय निकायको दोस्रो निर्वाचनको मतगणना जारी रहेको छ । अहिले हरिवन नगरपालिका ९ को मतगणना जारी रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech