कृषि सिचाइ डिपबाेरिङ जडानमा विद्युतका निमित्त प्रमुख यादवले असुले कमिसन

102 Shares

सर्लाहीको लालबन्दीमा रहेकाे नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीले कृषि सिचाइ डिपबाेरिङ जडान गर्न भन्दै कमिसन असुले छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सहायक प्रमख हरेन्द्र यादवले लालबन्दी नगरपालिका ११ स्थित हिरापुरमा कृषि सिचाइकाे लागि डिपा वाेरिङ जडान गरिदिने भनेर रु एक लाख १० हजार लिएका र रु ५२ हजारकाे मात्रै विल दिएपछि साे रहस्य बाहिरिएको हाे ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका निमित्त प्रमख यादवले कृषि डिप बाेरिङ जडान गर्न रु एकलाख १० हजार लाग्छ भनी पैसा लिएका र विल रु ५२ हजारकाे मात्रै दिएका लालबन्दी नगरपालिका ११ स्थित हिरापुर डिप बाेरिङ समितिका अध्यक्ष राम प्रमाेद महताेले जानकारी दिए ।

उनका अनुसार नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीका निमित्त प्रमख यादवले हिरापुरमा कृषि सिचाइ डिप बाेरिङ जडान गर्न रु एक लाख १० लाग्छ भनेर पैसा लिएका तर रु ५२ हजारकाे मात्रै विल दिएपछि रु ५८ हजार कमिसन असुलेका छन् । कुल रु १६ लाखमा काम भएको भए पनि त्यसकाे भ्याड र मिटर जडानकाे २८ हजार गरेर कुल ५२ हजारकाे मात्रै विल दिएका अध्यक्ष महताेले बताए ।उनले पछि कुरा गर्दा १/२ दिनमा बाँकी वल दिन्छु भनेका समेत बताए ।

सम्बन्धित समाचार