Close This

नवलपुर ग्रिड सवस्टेशन टेष्टिङ गरिँदै, आजबाट लालबन्दी र हरिवनमा विद्युत प्रवाह हुने,बिहान ९ देखि दिउँसो ४ बजे सम्म विद्युत अवरुद्ध हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-४ गते   ४३ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा निर्माण भएको १३२÷३३ केभिए नवलपुर सव स्टेशन आयोजनाको ग्रिड सवस्टेशन टेस्टिङ तथा संचालनका लागि शुक्रवार लालबन्दी र हरिवन फिडरमा लाईन काटिने भएको छ ।
शुक्रबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म लाईन काट्ने सुचना लालबन्दी वितरण केन्द्रले जारी गरेको छ । नेपाल विद्युत् प्राधिकरणले नवलपुरमा भर्खरै ग्रिड सवस्टेशन निर्माण सम्पन्न गरेको छ ।
निर्माणको सामान्य बाहेकका अन्य काम पुरा भई ट्रान्सफरमर ‘नो लोड’ मा चार्ज समेत गरिसकिएको र लोड दिएर टेष्टिङ गर्न लागिएको १३२÷३३ केभि नवलपुर सव स्टेशन आयोजनाका प्रमुख निरन्जन साहले जानकारी दिनु भयो । उहाँका अनुसार करिव रु ४७ करोडको लागतमा सर्लाही जिल्लाको विद्युतीय समस्या मिाधान गर्ने उद्धेश्यले सव स्टेशन निर्माणको काम शुरु भएको थियो ।
शुरुमा लालबन्दी र हरिवनको ११ केभिए फिडरमा लाईन दिने तयारी भई रहेको छ । त्यसपछि हरिपुर, मलङ्गवा र बरहथवा वितरण केन्द्र अन्तर्गत ३३ केभिए प्रशारण लाईनमा सप्लाई दिने गरी काम भइरहेको सव स्टेशन प्रमुख साहले बताउनु भयो । जिल्लामै सबै भन्दा ठुले सव स्टेशन र पहिलो सवस्टेशन बनेपछि सर्लाहीको विद्युतीय समस्या समाधान हुनेमा स्थानिय पनि खुसी भएका छन् । सर्लाहीमा यस अघि ढल्केवर र चन्द्रनिगाहपुरबाट विद्युत सेवा प्रवाह भई रहेको थियो । भने लामो जङ्गल छिचोल्दै विद्युत् ल्याउनुपर्ने भएका कारण्ढा पनि आवश्यक भोल्टेज नपुग्ने तथा अनियमित विद्युत कटौती हुने गरेको बाध्यता अब अन्त्य हुने विश्वास लिईएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech