दुर्गा कुमारी अधिकारी
सर्लाहीको बागमतीनगरपालिका ११ स्थित रहेको पशुपती सामुदायिक प्राथमिक विद्यालयको नयाँ पक्की भवन शिलान्यास गरिएको छ । बागमती नगरपालिका ११ स्थित रहेको पशुपती सामुदायिक प्राथमिक विद्यालयको नयाँ भवन शुक्रबार शिलान्यास गरिएको हो ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत निर्माण हुन लागेको ४ कोठे पक्की भवनको बागमती नगरपालिकाकी नगर उप प्रमुख लिला कुमारी मोक्तानले शिलान्यास गरेकी बागमती नगरपालिकाको शिक्षा शाखाकाले जनाएको छ ।भवन अत्याधुनिक तथा भुकम्प प्रतिरोधी रहने शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार जेठ मसान्तसम्म निर्माण सम्पन्न हुने उक्त भवनको निर्माण लागत रु ४५ लाख रहेको छ ।
विद्यालयको भवन अभावमा बालबालिकाहरुले साँघुरो कक्षा कोठामा बसेर पढ्नुपर्ने बाध्यता रहेको र अब नयाँ भवन निर्माण भएपछित्यो बाध्यता हट्ने शिक्षा शाखाका प्रमुख उपाध्यायले बताए । भवन निर्माण भएपछि बालबालिकालाई पठनपाठनमा थप सहज हुने विद्यालयले अपेक्षा गरेको पशुपति सामुदायिक विद्यालयका प्रधानाध्यापक त्रिलोकनाथ सिंहले बताए ।