सर्लाहीकाे बागमती नगरपालिका १, मिलनचाेकमा बुधबार सहकारीकर्मी माथि गाेलि प्रहार गर्ने अपराधिक समूहलाई प्रहरीले पक्राउ गरेकाे छ ।
बागमती नगरपालिका १ मिलनचाेक स्थित सगुन बचत तथा ऋण सहकारी संस्थाकाे सेवा केन्द्रका प्रमुखमाथि गाेलीहानी फरार भएका अज्ञात समूहका सुराकी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
अज्ञात समूहले सेवाकेन्द्रका प्रमुख साजन कार्कीमाथि ४ राउण्ड गाेली प्रहार गरेर उनिहरु फरार भएका थिए । गाेलीहानी भाग्ने क्रममा नेपालबाट भारत प्रवेश गर्न खाेज्दा बलराबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरी स्राेतले जनाएको छ ।
बुधबार बिहान करिब साँढे १० बजे ३ जनाकाे समूहमा आएका अज्ञात समुहले सेवा केन्द्रकाे कार्यालय भित्र पसेर प्रमुख कार्कीलाई पैसा दिन भन्दै धम्क्याएपछि कार्कीले प्रतिकार गरेका थिए । प्रतिकार गरे लगतै अज्ञात समूहले आफूमाथि ४ गाेली प्रहार गरेकाे घाईते कार्कीले बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पाेख्रेलका अनुसार गाेली प्रहार गरेपछि ३ जना भारतीय नम्बर प्लेटकाे एउटै माेटरसाईकलमा चढेर दक्षिणतर्फ भागेका थिए ।
सेवा केन्द्रका प्रमुख कार्कीको तिघ्रा, कुम, ढाड र काेखामा गाेली लागेकाे र घाईते कार्कीकाे हरिवन स्थित सरस्वती अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडाैं पठाईएकाे छ ।
लालबन्दी नगरपालिका २ जुटपानी निवासी कार्कीलाई ४ गाेली लागेपनि शरिरकाे संवेदनशिल भागमा नपरेकाले धेरै खतरा नदेखिएकाे र उनि बाेलिरहेका प्रहरीले जनाएको छ ।