सर्लाहीको चन्द्रनगर गाउँपालिका १ मा खेतमा काटिसकेको उखुको पत्कर जलाउँदा सँधियारको काट्न बाँकी रहेको उखुबाली जलेर नष्ट भएको छ । चन्द्रनगर गाउँपालिका १, का रामकैलाश महतोले चन्द्नगर गाउँपालिका ४ मा रहेको आफ्नो खेतमा उखु काटि सकेपछि बाँकी रहेको उखुको पात जलाइरहँदा छिमेकीको उखु बालीमा आगो सल्किएर क्षति पुुगेको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरीनायव उपरिक्षक दिपक श्रेष्ठले जानकारीदिए ।
उनका अनुसार आगलागीबाट सँधियार चन्द्रनगर गाउँपालिका ५, का गङ्गी राम महतोको करिब चार कठ्ठामा लगाइएको उखु जलेर नष्ट भएको हो।बेच्ने बेला भएको उखुुबाली आगलागीमा परेर जलेपछि महतोको परिवार चिन्तित भएको छ।केही साताअघि हरिपुर नगरपालिका १, जानकीनगरमा पनि आगलागीमा परेर करिब १० कठ्ठा खेतमा लगाएको उखुबाली सखाप भएको थियो । सुख्खा मौसमसुरु भएसंगै आगलागीका घटनाहरु बढी रहेकाले आगोजन्य पदार्थहरुको प्रयोग गर्दा सावधानी अपनाउँन सरोकारवाला निकायले आग्रह गरेका छन् ।