नेकपा(माओवादी केन्द्र) लालबन्दी नगरपालिका ८ को वडा भेला आज(शनिबार) सम्पन्न भएको छ । लालबन्दी नगरपालिका ८ मा भएको वडा भेलामा नेकपा(माओवादी केन्द्र) का केन्द्रिय सदस्य प्रल्हाद कुमार बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा(माओवादी केन्द्र) सर्लाहीका जिल्ला इन्चार्ज अच्युतम काफ्ले , जिल्ला सचिव कमल बुढाथोकी ,प्रदेश कमिटी सदस्य लोचन धिमाल , बिश्वजित डिसी,साबित्रा बुढाथोकी,मेघराज फुयाल,ज्ञानु थापा,राम नारायण चौधरी,लेखराम जर्गा,राजन कुमार श्रेष्ठ लगायतका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको माओवादी केन्द्र सर्लाहीले जनाएको छ ।
वडा भेलाले मदन गोलेको अध्यक्षतामा भएको वडा भेलाले जय बहादुर बलको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि समेत गठन गरेको छ । उपाध्यक्ष सुशीला श्रेष्ठ ,सचिव मदन बहादुर पाख्रीन सहितको २९ सदस्यीय वडा कमिटी गठन गरिएको लालबन्दी नगरपालिका ८ का वडा अध्यक्ष तथा नेकपा (माओवादी केन्द्र) सर्लाहीका नेता राजन कुमार श्रेष्ठले जानकारी दिनु भयो ।उहांका अनुसार वाईसीयल नेपालमा डिक बहादुर बल इन्चार्ज सहित १९ सदस्य वडा कमिटी पनि आज(शनिबार)को भेलाले एकैसाथ गठन गरेको छ ।