१५३३ प्रतिनिधिका साथमा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुने

2.8k Shares

नेकपा(माओवादी केन्द्र)राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुंगो लागेको छ । पुस ११ बाट काठमाडौंको कमलादीमा हुने प्रथम राष्ट्रिय सम्मेलनमा १० प्रदेशबाट ८ सय ३ जनासहित जम्मा १ हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने माओवादी केन्द्र स्रोतले जनाएको छ ।   माओवादी केन्द्रले १ हजार ५ सय सदस्य  बराबर एकजना राष्ट्रिय सम्मेलन प्रतिनिधि चयनको व्यावस्था गरेको छ । माओवादी केन्द्रले पार्र्टी केन्द्रिय कार्यालय पेरिसडाडामा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ जना प्रतिनिधि सहभागी हुने माओवादी केन्द्रका प्रबक्ता कृष्ण बहादुर महाराले जानकारी दिनु भयो ।
उहाँका अनुसार सम्मेलनमा जम्मा १ हजार ५ सय ३३ जना प्रतिनिधी सहभागी हुनेछन् ।
माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुँदैछ ।सम्मेलनमा वैचारिक राजनीतिक बहस हुनुका साथै अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रस्तुत गर्ने राजनीतिक डकुमेन्टमाथि घनिभूत छलफल हुनेछ । त्यसका लागि अहिले अध्यक्ष प्रचण्ड डकुमेन्ट लेख्न व्यस्त रहनु भएको माओवादी स्रोतले जनाएको छ । 
पार्टी प्रवक्ता महराले नयाँ क्रान्तिकारी नयाँ पार्टी र क्रान्तिकारी नयाँ विचार निर्माण गर्नु अहिलेको आवश्यकता रहेको भन्दै २१ औं शताब्दीसम्म आइपुग्दा अहिलेको परिस्थितिमा परिवर्तन आएको बताउनु भयो । राष्ट्रिय सम्मेलनमा पार्र्टीले भोगेका सम्पूर्ण विषयमाथि पनि समीक्षा हुने प्रवक्ता महराले बताउनु भयो ।
नेकपा(एमाले)बाट अलग भएपछि वडा,गाउँ तथा नगर,जिल्ला हुँदै प्रदेशको सम्मेलन गरेको माओवादी केन्द्रले अब राष्ट्रिय सम्मेलन गर्दैछ ।

सम्बन्धित समाचार