सर्लाहीको लालबन्दी नगरपालिका १६ परवानीपुरबाट जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।लालबन्दी नगरपालिका १६ परवानीपुरको एक घरमा जुवा खेल भई रहेको विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले ११ जना जुवाडेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवत्ता एवम प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाही,ईलाका प्रहरी कार्यालय लालबन्दी र ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले रु दुई लाख ८४ हजार नगद सहित लालबन्दी नगरपालिका १६ का अन्दाजी वर्ष ४३ का सन्तोष के.सी.र अर्का अन्दाजी वर्ष ४० का ललित जिम्बा, लालबन्दी नगरपालिका १५ का अन्दाजी वर्ष ३९ का सन्तलाल योन्जन,लालबन्दी नगरपालिका १७ का अन्दाजी वर्ष ४६ का अमर बहादुर बल,लालबन्दी नगरपालिका ८ का अन्दाजी वर्ष ५२ का मनिलाल तामाङ र अन्दाजी वर्ष ४४ का बिजु लामा, लालबन्दी नगरपालिका ३ का अन्दाजी वर्ष २३ का सुबोध चौधरी, हरिवन नगरपालिका ३का अन्दाजी वर्ष ४४ का मान बहादुर मोक्तान,लालबन्दी नगरपालिका १ का अन्दाजी वर्ष ४२ का नागेन्द्र चौधरी सहित मलंगवा नगरपालिका ९ का अन्दाजी वर्ष ३५ का ललन महत्तो र ब्रम्हपुरी गाउँपालिका ४ का अन्दाजी वर्ष ४० का राजेश कुमार साहलाई छ सय ४४ थान खेलिएका र छ प्याकेट नयाँ तास सहित नियन्त्रणमा लिईएको हो ।नियन्त्रणमा लिइएका उनीहरुलाई ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।