महोत्तरीबाट पेस्तोल र लागुऔषधसहित एकजनालाई पक्राउ परेका छन् । महोत्तरीको लोहरापट्टी नगपालिका ९ बस्ने अन्दाजी २४ वर्षीय मोहम्मद राजा कवारीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी प्रदेश २ का अनुसार लोहरापट्टी नगपालिका ९ बस्ने अन्दाजी २४ वर्षीय कवारीलाई शंका लागि चेकजाँच गर्ने गर्ने क्रममा उनले पेस्तोल एकथान, प्रतिबन्धित लागूऔषध नाइट्रोभ्याट टेबलेट १० पिस लिएरआउँदै गरेको अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरी प्रदेश २ छिन्नमस्ता बाहिनीका बाहिनी पति(डिआइजी) गणेश ठाडा मगरले जानकारी दिनु भयो । उहाँका अनुसार कवारीको साथबाट मेड इन युएस लेखेको ९ एमएमको पेस्तोल एकथान, प्रतिबन्धित लागूऔषध नाइट्रोभ्याट टेबलेट १० पिस बराम भएको हो ।
गोप्य सूचनाको आधारमा लोहारपट्टी नगरपाकिला ९ स्थित खुट्टा पीपरारी सशस्त्र प्रहरी बलबाट खटेको सशस्त्र प्रहरीको टोलिले उनलाई आइतबार साँझ करिब ५ बजे पक्राउ गरेको हो । उनलाई कारबाही र थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउन लागिएको सशस्त्र प्रहरीले जनाएको छ ।