Close This

करिब दुई करोडको लागतमा झोलुङ्गे पुल निर्माण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-२० गते   ३०२ पटक हेरिएको

सर्लाही र महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा करिब दुई  करोडको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ । दुई जिल्लाको सिमानामा झोलुङ्गे पुल निर्माण भएपछि दुई जिल्लावासी लाभान्वित भएका छन् ।

सधैँ बाढी र वर्षाका कारण खोलामा पानी आउँदा आवागमन अवरुद्ध हुने भएपछि समस्या झेल्दै आएका महोत्तरी र सर्लाही र महोत्तरीका बासिन्दाले बाँके खोलामा झोलुङ्गे पुल निर्माण भएपछि अब निर्बाध रुपमा आवतजावत गर्न पाएका छन् ।दुई जिल्लाको सीमामै बग्ने बाँके खोलामा झोलुङ्गे पुल निर्माण भएपछि जिल्लाको हरिपूर्वा नगरपालिका र महोत्तरीको सोनमा गाउँपालिका र सम्सी गाउँपालिका तथा गौशाला नगरपालिकाका गरी २० गाउँका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित भएका छन ।
वर्षौदेखिको दुई जिल्लावासीको समस्याप्रति गम्भीर हुँदै जिल्लाको हरिपूर्वा नगरपालिकाले बाँके खोलामा  १ करोड ७३ लाखको लागतमा १७४ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको छ भने सो पुल गोरखा बाजिरो जेभी काठमाडौँले निर्माण गरेको नगरपालिकाले  जनाएको छ ।

हिउँदको समयमा खोलामा पानी कम भएको भएपनि बर्षायाममा खोलामा पानीको बहाव बढेपछि सो क्षेत्रका स्थानियबासीहरु मारमा  परेका थिए । ‘एक  जिल्लाबाट अर्काे जिल्ला जान आउन तथा बजार क्षेत्र एउटै भएका कारण बजार जान आउनसमेत समस्या थियो अब त्यो सहज भएको छ’ । स्थानिय कपिल देवले बताएका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech