Close This

जनप्रतिनिधिकै परिवारका सदस्य निर्माण उपभोत्ता समितिमा, कस्ले गर्ला अनुगमन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-१२ गते   २१३ पटक हेरिएको

सर्लाहीका स्थानिय निकायका जनप्रतिनिधिहरुले आफुखुसी निर्माण उपभोक्ता समिति बनाउने गरेका छन् । गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा वडा अध्यक्षहरुले आफुखुसी निर्माण उपभोक्ता समिति बनाउँदा विकास निर्माणको काम गुणस्तरहिन हुने गरेको भन्दै चिन्ता बढ्न थालेको छ ।
हरिपुर नगरपालिका ८ का वडा अध्यक्ष हरी बहादुर थापाले आफुखुसी निर्माण उपभोक्ता समिति बनाउनु भएकोहो । वडा सदस्यकै परिवारमा निर्माण उपभोक्ता समितिको अध्यक्ष बनाइदा वडानम्बर ८ को इन्द्रपुर प्रावि देखि उत्तर पककी बाटोसम्म जोड्ने भनि बनेको योजनाको बाटो निर्माणको काम अपुरो हुने भएको छ । इट्टा ओछ्याएर त्यसमाथि गरिने ढलान,दुवै छेउमा काट्नु पर्ने ढल निकास,इट्टा ओछ्याउनु पहिला पेलिनु पर्ने वेश लगायतको काम नभएको भन्दै स्थानियले विरोध जनाएका छन् ।
 एकातर्फ पक्की बाटोहुनु,अर्काे तर्फबाट बाटो निर्माणको काम सुरु हुनु,इट्टा ओछ्याउनु पुर्व ओछ्याइएको माटो तथा बालुवा नपेलिनु,वडा सदस्यको घर तेही बाटोमा पर्नु र त्यहि सम्म मात्र बाटो निर्माण हुनुले वडा अध्यक्ष थापा र निर्माण उपभोक्ता समितिका अध्यक्ष पदम नेपाली बिच मिलेमतो रहेको भन्दै स्थानियले आक्रोस व्यक्ता गरेका छन् ।
यता,वडाअध्यक्ष थापाले यसवर्ष बाटो निर्माण पुरा नहुनेर अर्काे वर्ष पुरा गर्ने बताउनु भएको छ । उहाँलाई पककी भएकै क्षेत्रतिरबाट किन निर्माण नगरि अर्काे तर्फबाट निर्माण गर्नु भएको भन्ने प्रसंगमा उहाँ निर्माण उपभोक्ता समिति जान्ने भन्दै पन्छीनु भयो । बाटो पुरानिर्माण नहुने हुँदा वर्षामा भेलले बगाउला नि भन्ने प्रसंगमा आफुले ग्यारेन्टी गर्ने र नबगाउने उहाँले बताउनुभयो । वडाको रु १० लाखमा १५ फिट चौडाई र १६७ फिट लम्बाई भएको बाटो निर्माण गर्न पदम नेपालीलाई वडा अध्यक्षले निर्माण उपभोक्ता समितिको अध्यक्ष बनाउनु भएको हो । उहाँकी श्रमिती कल्पना नेपाली वडा सदस्य पनि हुन । भने पदम पटक पटक वडाको विकास निर्माणको काममा निर्माण उपभोक्ता समितिमा बसको छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech