कार र माेटरसाईकल ठाेक्किदा तीनजना घाइते

1k Shares

सर्लाहीको हरिपुर नगरपालिका ६ मा भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् ।
हरिपुर नगरपालिका ६ स्थित नवलपुर-मलंगवन सडक खण्डमा कार र माेटरसाईकल एक आपसमा ठाेक्किदा तीन जना घाइते   भएका ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
मलंगवाबाट-नवलपुर तर्फ आएकाे प्रदेश ३-०१-०२४ च   २६४७ नम्बरकाे कार र नवलपुरबाट मलंगवातर्फ गएकाे ना ५६ प ४२२६  नम्बरकाे माेटरसाईकल एक आपसमा ठाेक्किदा माेटरसाईकलका चालक लालबन्दी नगरपालिका ७ का अन्दाजी वर्ष २५ का टाेप बहादुर लामा,माेटरसाईकलमा सवार लालबन्दी नगरपालिका ७ कै अन्दाजी वर्ष १६ का द्वारिमा साह र लालबन्दी नगरपालिका ७ कै अन्दाजी वर्ष १७ का कृष्ण राम घाइते भएका हुन ।


माेटरसाईकलमा चालक लामा गंभिर घाईते भएका छन् भने माेटरसाईकलमा पछाडि सवार साह र राम सामान्य घाइते भएको छन् । उनिहरु सबै जनाएको हरिवन स्थित स्वाभिमान अस्पताल प्रा.लिमा उपचार भई रहेकाे ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक विजय कुवरले जानकारी दिए ।  उनका अनुसार शुक्रबार बिहान करिब ११:३० बजे  ट्रकलाई ओभरटेक गर्ने क्रममा माेटरसाईकल कारसंग ठाेक्किएकाे हाे । कारका चालक सकुशल छन् ।

सम्बन्धित समाचार