जाजरकोट भूकम्पबाट १३८ को मृत्यु, १६६ घाइते

248 Shares

 जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३८ पुगेको छ ।नेपाल प्रहरीका अनुसार भूकम्पका कारण संरचना भत्कँदा जाजरकोटमा १०० र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको हो ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १६६ जना घाइते भएका छन् । जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका प्रहरीले जनाएको छ ।शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सम्बन्धित समाचार