Close This

हुलाकी सडकको विषयलाई लिएर ब्रम्हपुरीका स्थानिय आन्दोलीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-२५ गते   २९२ पटक हेरिएको

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका ३ स्थित  पुर्व पश्चिम  हुलाकी सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । पुर्व पश्चिम हुलाकी सडक निर्माणमा   ढिलासुस्ती हुँदा  वर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुँदा आफुहरु सास्ती बेहोर्न बाध्य भएकोले आन्दोलन गर्नु परेको ब्रम्हपुरी गाउँपालिका ३ का वडा अध्यक्ष गौतम रायले बताए ।
 वडा अध्यक्ष रायको नेतृत्वमा करिब २ सय स्थानियले हुलाकी सडक खण्डको ब्रम्हपुरी गाउँपालिका ३ स्थित भेल्ही चोकमाआईतबार बिहानदेखि टायर वालेर शान्तिपूर्ण रुपमा प्रदर्शन गरेका हुन् । उनका अनुसार स्थानियको प्रदर्शनका कारण आईतबार बिहानदेखि पुर्व पश्चिम हुलाकी  सडकमा आवतजावत बन्द भएको छ ।       
तराईको लाईफलाईन मानिएको हुलाकी राजमार्ग निर्माणमा लापरवाही गरेको र जनताको स्वास्थ्यमा खेलवाड गरेको भन्दै स्थानिय युवाहरूले ठेकेदार कम्पनीको  प्विरुद्धमा प्रदर्शन गरेको स्थानिय मुकेश यादवले बताए ।
उनका अनुसार हुलाकी राजमार्ग समयमै बनाउने भनेर प्रतिवद्धता गर्ने र अलपत्र छाड्ने गरेको कारण नेता र नेतृत्वबाट पटक पटक धोका भएकोले आवातजावतमै रोक लगाउने निर्णय गरेर आफूहरु सडक अबरुद्ध गर्न बाध्य भएको बताए ।
समयमै बनाउन नसकिएपनि सडकमा नियमित पानी छर्केर धूलो उड्न रोक्ने कार्य समेत नगरेको भन्दै सडकमा उड्ने धुलोका कारण नागरिकको स्वास्थ्यमा नकरात्मक असर परिरहेको अर्का स्थानिय कपिल यावदले बताए । उनका अनुसार सडक नबन्दा तराईका हजारौं बासिन्दाले यात्रामा कठिनाई भोग्नु परीरहेको छ । प्रशासनले समेत हुलाकी सडक नबनाउने ठेकेदारलाई कुनै कार्वाही नगरेको भन्दै अब जनताले नै निर्णय गर्ने भन्दै आफूहरु सडक अवरुद्ध गर्न अघि बढेको स्थानीय आन्दोलनकारीले बताएका छन् । तत्काल सडकमा पानी छर्कने काम गरे र सडक छिट्टै बनाउने प्रतिवद्धता मात्रै भए पनि गरे सडक खुलाउने आन्दोलनको नेतृत्व गरि रहनु भएका वडा अध्यक्ष रायले बताए ।  

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech