Close This

लायन्स क्लब लालबन्दी सिटीद्धारा ४९ जना विद्यार्थीहरुलाई झोला वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-८ गते   ३९२ पटक हेरिएको

लायन्स क्लब अफ लालबन्दी सिटीले सर्लाहीको लालबन्दी नगरपालिकाका २ वटा विद्यालयमा झोला वितरण गरेको छ ।  
लालबन्दी नगरपालिका ५ को जानकी माविमा २० जना रलालबन्दी नगरपालिका १७ को फौदसिंह माविका २९ जना विद्यार्थीहरुलाई झोला वितरण गरेको लायन्स क्लब अफ लालबन्दी सिटीका कार्यक्रम संयोजक तथा व्यावस्थापक सरोजबाबु न्यौपानेले बताउनु भयो। लायन्स क्लब अफ ईन्टरनेस्नल ३२५ का पिएमसीसी डा.डिआर खनालको विशेष सहयोगमा विद्यार्थीहरुलाई झोला वितरण गरिएको लायन्स क्लब अफ लालबन्दी सिटीले जनाएको छ । 
शैक्षिक सामाग्री वितरण,मिष्ठान्न भोजन तथा जनजीविका लगायतका नियमित कार्यक्रमहरु आफ्नो क्यालेन्डरमा नै  तय गरेर लायन्स क्लब अफले नियमितकायृक्रमहरु गरिरहेको साथै यस पटकमा आफुहरुले झोला निःशुल्क वितरण गरेको लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष दान प्रसाद अधिकारीले बताउनु भयो । नगरका २ विद्यालयका ४९ जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको हो ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech