यातायात कार्यालय मलंगवा बुधबारबाट सञ्चालन,स्थानीयलाई राहत

342 Shares

सर्लाहीको यातायात व्यावस्था कार्यालय सञ्चालनमा आएको छ ।जिल्ला सदरमुकाम मलंगवामा मंसिर १७ गते यातायात व्यवस्था कार्यालयको स्थापना भएपनि नयाँ कार्यालय भएका कारण विभिन्न आन्तरीक काम धेरै भएकाले स्थापना भएको एक सातापछिबाट यातायात व्यवस्था कार्यालय सञ्चालनमा आएको कार्यालय प्रमुख राकेश यादवले जानकारी दिए ।
उनका अनुसार कार्यालयले तत्कालका लागि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नवीकरण,जाँचपास नवीकरण,नयाँ सवारीको दर्ता,सवारीसाधनहरुको सडक इजाजत पत्र(नयाँ रुट परमिट)दर्ता,वर्कशप दर्ता र ड्राइभिङ प्रशिक्षण केन्द्र दर्ता सम्वन्धी सेवा प्रवाह गर्ने छ । कार्यालय नयाँ रहेको र सफ्टवेयर पनि नयाँ रहेकाले सवारी दर्ता किताब(ब्लुबुक) नवीकरणको सेवा प्रदान गर्न भने केही समय लाग्ने कार्यालय प्रमुख यादवले बताए ।
सफ्टवेयरको परीक्षण स्वरुप ११ जना सेवाग्राहीको लाइसेन्स नवीकरण गरेर बुधबारबाट कार्यालयले आफ्नो सेवा सुरु गरेको हो ।जिल्लामै यातायात व्यवस्था कार्यालयको सेवा पाएसँगै सेवाग्राहीहरुमा खुसी थपिएको छ ।जिल्लाबासीले यसअघि बर्दिवास,जनकपुर,वीरगन्ज र लाहान लगायतका ठाउँका यातायात व्यवस्था कार्यालयमा गएर सेवा लिने गरेका भएपनि अब जिल्लाबाटै सेवा लिन पाउँदा खसी व्यक्त गरेका कार्यालय प्रमुख यादवले बताए । जिल्लामा यातायात व्यावस्था कार्यालय स्थापना भएसंगै अब मधेश प्रदेशका सबै जिल्लामा यातायाता व्यावस्था कार्यालय स्थापना भइसकेको छ ।
यसअघि सर्लाही,बारा र सप्तरीमा यातायात व्यावस्था कार्यालय नहुँदा यहाँका यातायात व्यावसायीहरुका साथै स्थानीय आफ्नो सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नवीकरण,जाँचपास नवीकरण,नयाँ सवारी दर्ता,सवारी सडक इजाजत पत्र(नयाँ रुट परमिट) दर्ता,वर्कशप दर्ता र ड्राइभिङ प्रशिक्षण केन्द्र दर्ता सम्वन्धी सेवा लिन बर्दिवास,जनकपुर,वीरगन्ज र लाहान जानु पर्ने बाध्यतामा रहेका भएपनि कार्यालय स्थापना भएपछि अन्यन्त्र जानुपर्ने बाध्यता हटेको भन्दै स्थानीय खुुसी भएका छन् ।
आफ्नो सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नवीकरण,जाँचपास नवीकरण,नयाँ सवारी दर्ता,सवारी सडक इजाजत पत्र(नयाँ रुट परमिट) दर्ता,वर्कशप दर्ता र ड्राइभिङ प्रशिक्षण केन्द्र दर्ता सम्वन्धी सेवा लिन जिल्ला बाहिर जानु पर्दा धेरैले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नवीकरण नै नगरी,जाँचपास नवीकरण नगरी,नयाँ सवारी दर्ता नगरी,सवारी सडक इजाजत पत्र(नयाँ रुट परमिट) दर्ता नगरी,वर्कशप दर्ता नगरी र ड्राइभिङ प्रशिक्षण केन्द्र दर्ता नगरी सञ्चालन गरि रहेका थिए भने नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) समेत नलिई सवारीसाधन चलाई रहेका थिए ।

सम्बन्धित समाचार