Close This

फिक्कल गाउँपालिका क्षेत्रको बन्दाबन्दी आज बाट खुल्ला

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२२ गते   ४५२ पटक हेरिएको

 सिन्धुलीको फिक्कल गाउँपालिका क्षेत्र लगाइएको लगडाउन आज बाट खुल्ला गरिएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमितहरुको संख्या बढ्दै गएकाले गाउँपालिकाले गत साउन ३१ गते बाट गाउँपालिका क्षेत्रमा अत्यावश्क बाहेका सबै सेवा वन्द गरेको थियो ।

कोभिड १९ को संक्रमणको अवस्था हालसम्म गाउँपालिका क्षेत्र भित्र नदेखिएको र असंगठित श्रमिक तथा विपन्न वर्गका व्यक्ति र परिवारमा आर्थिक समस्या सृजना भई खाद्यन्नको संकट हुन गएको कारण आज बाट बन्दाबन्दी खुल्ला गर्न निणय गरिएको गाउँपालिकाले जनाएको छ ।

आज बाट सामाजिक तथा भौतिका दुरी कार्यम गदै स्वास्थ्य सँग सम्बन्धीत सेनिटाइजर, मास्क र नियमित साबुन पानीले हात धुने जस्ता कार्यहरु अनिवार्य रुपमा गर्ने साथै शंकास्पद कोरोनाको लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने गरी बन्द रहेको सम्पूर्ण सेवा खुल्ला गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु प्रसाद न्यौपानेले जानकारी दिनु भयो ।

यस्तैे अत्यावश्यक कामको लागि बाहिरबाट गाउँपालिका क्षेत्रभित्र प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य स्वास्थ्य परीक्षण आरडिटि, पिसिआर गरेकालाई मात्र अनुमति दिने निणर्य गरिएको छ ।उर्मिला भट्टराई

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech