निर्माण सम्पन्न भएको दुई वर्षसम्म पनि व्यवासायीक भवन बेवारिसे

1k Shares

दुर्गा कुमारी अधिकारी 
सर्लाहीको हरिवन नगरपालिका ११ मा निर्माण सम्पन्न भएको व्यावसायीक भवन लामो समयदेखि वेवारिसे बनेको छ । हरिवन नगरपालिका ११ मा सञ्चालीत फुटपाटको व्यवासायलाई व्यावस्थीत रुपमा सञ्चालन गर्न भन्दै नगर विकास कोषको करिब रु १७ करोडको लगानीमा निर्माण भएको व्यवासायिक भवन निर्माण सम्पन्न भएको लामो समय भएपनि सरोकारवाला निकायले चासो नदिँदा वेवारिसे बनेको हो । 
हरिवन नगरपालिका ११ मा सञ्चालीत फुटपाथको व्यावसायलाई व्यावस्थापन गर्दै बजारलाई शुन्दर बनाउँन भन्दै नगर विकास कोषको रु १६ करोड ८६ लाख ऋण लगानीमा निर्माण भएको व्यवासायीक भवन ठेकेदार कम्पनी र हरिवन नगरपालिका विच आवश्यक समन्वय नहुँदा अलपत्र परेको स्थानीय विवेक मैनालीले बताए । उनका अनुसार बजारको फुटपाथ व्यावसायलाई व्यावस्थापन गर्न भन्दै नगर विकास कोषले रु १६ करोड ८६ लाख ऋण लगानी गरी निर्माण भएको व्यावसायीक भवन अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुको स्वार्थका कारण नगरपालिकाले नलिएको र अहिलेका जनप्रतिनिधिहरु त्यसैलाई आधार बनाएर पञ्छिने गरेका छन् ।
नगरपालिका रठेकेदार दुवै वेखवर हुँदा भवन निर्माण भएको करिब दुई वर्षसम्म पनि प्रयोगमा नआउँदा प्रयोग बिहिन अवस्था मै भत्कीने आफुहरुलाई चिन्ता बढेको स्थानीय व्यापारी कविल साहले बताए । आफुहरुलाई व्यावस्थापन गर्न भन्दै भवन निर्माण सुरु भएपछि खुसी लागेको भएपनि प्रयोगमा ल्याउन वडा कार्यालय र हरिवन नगरपालिकाले चासो नदिँदा आफुहरुले पहिला कै झैँ फुटपाथ मै व्यापार गरिरहनु परेको साहको भनाई छ । 
नगर विकास कोषले हरिवन नगरपालिकालाई उत्कृष्ठ घोषणा गर्दै आर्थिक वर्ष ०७५÷०७६ मा रु १६ करोड ८६ लाख ऋण लगानी गरी व्यावसायीक भवन निर्माण सुरु भएको थियो । आर्थिक वर्ष ०७७÷०७८ मै भवन निर्माणको काम सकिएकोे भएपनि हरिवन नगरपालिकाले ठेकेदारसंगबाट भवन नबुझेका कारण निर्माण सम्पन्न भएको लामो समय सम्म पनि व्यावसायीक भवन अलपत्रपरेको स्थानीय राज कुमार उप्रेतीले बताए ।
निर्माण सकिएको भएपनि प्राविधिक कारण आफुहरुलेभवन नबुझेको र निर्माण कम्पनीले आफुहरुलाई भवन हस्तान्तरण गरेमा चाँडैनैकार्यविधि बनाएरव्यावसायीक भवन प्रयोगमा ल्याउने हरिवन नगरपालिका ११ का  वडा अध्यक्ष शेष मेहबुब रेजाले बताए । उनका अनुसार पहिला निर्माण व्यावसायीसंगबाट भवन बुझ्ने र नगरपालिकाबाट कार्यविधि बनाएर प्रयोग ल्याउने विषयमा छलफल भएको छ ।
हरिवन नगरपालिकाले चाँडै नै भवन बुझ्ने र नगरपालिकाबाट कार्यविधि बनाएर व्यावसायीक भवन ठेक्कामा लगाउने हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले जानकारी दिए । उनका अनुसार केही सामान्य कारण नगरपालिकाले भवन नबुझेको भएपनि अब चाँडेनै भवन बुझेर कार्यविधि बनाएर भवन प्रयोगका लागि ठेक्का लगाइने छ ।
बिकोइ÷धुलिखेन निर्माण सेवा जेभीले १६ करोड ८६ लाखमा छ वटा व्यावसायिक भवन निर्माण गरेको थियो । आरसिसि फ्रेम विल्डिङ फरमेटमा निर्माण भएको भवनको निर्माण कार्य सम्पन्न भएको पनि करिब दुई वर्ष हुन लाग्दा पनि सरोकारवाला स्थानीय तह विभिन्न बाहना मै अल्झीँदा भवन निर्माण पछि वेवारिसे बनेको स्थानीय व्यापारीहरुको आरोप छ ।
हरिवन नगरपालिका ११ मा सञ्चालीत फुटपाटमा रहेको व्यवासायलाई व्यावस्थीत रुपमा सञ्चालन गर्न र बजारलाई सफा तथा शुन्दर बनाउन भन्दै नगर विकास कोषको करिब १६ करोड ८६ लाखमा निर्माण भएको  व्यवासायिक भवन बेवारिसे हुँदा भवन निर्माणपछि व्यावस्थीत रुपमा व्यावसाय गर्नेहरु सोच राखेर खुसी भएका व्यापारीहरु निराश भएका छन् भने नगरपालिका र निर्माण व्यावसायीको ढिला सुस्तीका कारण  भवन वेवारिसे बनेको हो ।

सम्बन्धित समाचार