Close This

तिर्थयात्री चढेको बस दुर्घटना चालक सहित २५ घाईते,१ को अवस्था गंभिर

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-२८ गते   १६४८ पटक हेरिएको

सर्लाहीको ईश्वरपुर नगरपालिका १२ स्थित पूर्व–पश्चिम लाेकमार्ग अन्तर्गत फुलजोरमा सोमबार तिर्थयात्रु चढेको बस दुर्घटना भएको छ । साेमबार बिहान भएको दुर्घटनामा  चालकसहित २५ जना घाइते भएका ईलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ । प्रहरीका अनुसार बसमा सवार ३४ जना मध्य ९ जना सकुसल रहेका र १ जनाकाे अवस्था गंभिर घाईते  भएका छन् ।
धार्मिक तिर्थस्थल प्यूठानकाे स्वर्गद्वारी  पुगेर फर्किदै गरेको प्रदेश ३–०१–००५ ख ९८६० नम्वरको बस फूलजोर चोक नजिकै अनियन्त्रित भई पल्टिदा २५ जना घाइते भएका र त्यस मध्य २४ जना सामान्य घाईते भएका । उनिहरुकाे स्थानिय स्वास्थ्यमा  उपचार भई  घर फर्किएका र १ जनालाई  उपचारकाे लागि जनकपुर पठाईएकाे ईलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयाे । उहाका अनुसार मोरङको पारिश्रमिक सहकारी संस्थाका सदस्यहरुले रिर्जभ गरेर स्वर्गद्धारी पुगेर फर्किदै गरेको बस दुर्घटनामा परेको हाे । दुर्घटना भएको यात्रु बसका  चालक र साहु भने प्रहरीको सम्पर्कमा नै रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech