नेकपा मधेश प्रदेशको बैठक सम्पन्न, भ्रष्टाचार,तस्करी र भेदभावको विरुद्ध संघर्ष गर्ने निष्कर्ष

374 Shares

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)सुकुम्बासी समस्या,महिला हिंसा र श्रमिक समुदायमाथि भइरहेको विभेद र अत्याचार विरुद्ध सशक्त प्रतिकार गर्ने निष्कर्ष निकालेको छ।नेकपा मधेश प्रदेशको बैठकबाट रासायनिक मलमा भएको भ्रष्टाचार,तस्करी र भेदभावको विरुद्ध संघर्ष गर्ने,चैत अन्तिम सम्ममा प्रदेशस्तरीय एक हप्ते राजनीतिक वैचारिक स्कुलिङ सञ्चालन गर्ने,मेची(महाकाली जनमार्च अभियान अन्तर्गत जनकपुर,लहान,हरिवन र वीरगन्जमा जनसभा गर्ने,माघ १२ गते वीरगन्जमा वरिष्ठ पत्रकार सुदर्शन राज पाण्डेको स्मृति ग्रन्थ विमोचन गर्ने र त्रिभुवन विश्व विद्यालयका आङ्गिक र सम्बन्धन क्याम्पसमा फागुनमा हुन लागेको स्ववियु निर्वाचनमा नेकपाले भातृ विद्यार्थी संगठन अखिल (समाजवादी) लाई सहयोग गर्ने लगायतका निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) मधेश प्रदेशका प्रदेश इन्चार्ज अनिल शर्मा(बिरही)ले जानकारी दिए ।
उनका अनुसार नेकपा महासचिव नेत्र विक्रम चन्द(विप्लव)को प्रमुख आतिथ्यतामा भएको नेकपा मेधेश प्रदेशको बैठकमा बैंकको ब्याज न्युनतम एक अंकमा झार्ने, लघुवित्तलाई नियमन र मिटर व्याजीलाई कारवाही गर्न माग गर्ने साथै यस कार्यलाई अगाडि बढाउन पहल लिने,महान जनयुद्धमा जनमुक्ति सेनामा कार्यरत मोनिका सीको निवास निर्माण गर्ने लगायतका विषयमा बैठकले निर्णय गरेको छ ।नेकपा मधेश प्रदेशको बैठकमा केन्द्रीय समिति सदस्य र प्रदेश समिति सदस्यहरुले कार्यक्षेत्रको रिपोर्ट र सुझावहरु राखेपछि नेकपा महासचिव विप्लवले पछिल्लो विकसित राष्ट्रिय तथा अन्तराष्टिूय परिस्थिति,पार्टीको केन्द्रीय समितिका निर्णयहरु,पार्टीको कार्यनीति र मधेसमा पार्टीले खेल्नुपर्ने कार्यभारबारे बैठकलाई सम्बोधन गरेका नेकपाका पोलिटब्युरो सदस्य असलले जानकारी दिए ।बैठकलाइ सम्बोधन गर्दै नेकपा महासचिव विप्लवले माओवादी र क्रान्तिकारीहरुका सार्थै समाजवाद मान्ने सबै घटकहरु विच एकता आवश्यक रहेको र नेकपा कार्यगत तथा सांगठानीक एकताको पक्षमा दृढ रहेको बताए ।उनले २०८४ को निर्वाचनमा भाग लिएर समाजवादको बहसको थलो संसद बनाउन नेकपा लागि परेको समेत बताए ।

सम्बन्धित समाचार