सर्लाहीका विभिन्न स्थानबाट करिब ३ लाख बराबरको भन्सार छलीका सामान नियन्त्रणमा

गणेश खड्का    प्रकाशित: २०८०-६-५ गते   ३५२ पटक हेरिएको

सर्लाहीका विभिन्न स्थानबाट प्रहरीले ठूलो मात्रामा भन्सार छलीको कपडा र कुखुरा नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय सर्लाही र मातहतका प्रहरी युनिटहरुबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा बलरा नगरपालिका ३ बाट ४ बोरा कपडा र पर्सा गाउंपालिका ६ बाट ३ सय किलो कुखुराहरु र एउटा मोटरसाईकल गरि बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार पर्सा गाउंपालिका ६ स्थित नेपाल भारत सिमा क्षेत्रबाट ना ४ प ७१६१ नम्बरको मोटरसाईकलमा लोड गरि ल्याउँदै गरेको अवस्थामा ३ सय किलो कुखुरा र बलरा नगरपालिका ३ स्थित सतन रायको घरमा लुकाई छिपाई राखिएको अवैध कपडा ४ बोरा गरी करिब रु २ लाख ८० हजार  बराबरको रहेको छ ।पर्सा गाउँपालिका ६ स्थित नेपाल भारत सिमा क्षेत्रमा भारतबाट भन्सार छली कुखुरा लिएर आउँदै गरेका मानिस मोटरसाईकल छाडि भागेका र मोटरसाईकल र कुखुरा बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए । उनका अनुसार बलरा  नगरपालिका ३ स्थित रायको घरमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको सुचनाको आधारमा पुगेको प्रहरी टोलीले ४ बोरा कपडा बरामद् गरेको हो ।बराबर भएको कपडा आवश्यक अनुसन्धान र कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने कुखुरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech