माओवादी केन्द्रको लालबन्दी नगर कमिटिको सपथ ग्रहण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-१९ गते   ६२ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र) लालबन्दी नगर कमिटिले सपथ ग्रहण गरेको छ । मंसिर १० गते देशैभरका ७ सय ५३ वटै स्थानिय निकायमा एकै साथ प्रथम गाउँ तथा नगर अधिवेशन गरेको नेकपा(माओवादी केन्द्र) लालबन्दीले शनिबार सपथ ग्रहण गरेको हो ।
नेकपा(माओवादी केन्द्र)का बरिष्ठ नेता पुर्व उप प्रधान एवम परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ(प्रकाश)ले लालबन्दी नगर कमिटिलाई लालबन्दी नगरपालिकाको सभाहलमा सपथ ग्रहण गराउनु भएको हो । नगर कमिटिको सपथ ग्रहण कार्यक्रममा बोल्नै नेता प्रकाशले कम्युनिष्ट नामकै शक्तिहरु पनि संविधान र लोकतन्त्रलाई हत्या गर्न लागि परेका बताउनु भयो । उहांले अहिलेको राजनीतिक परिवर्तनलाई उल्ट्याउने षडयन्त्र भइरहेको बताउनु भयो ।
उहांले पूर्वप्रधानमन्त्री तथा तत्कालिन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दुई÷दुई पटक संसद विघटन गरेर उपलब्धीलाई खोस्ने प्रयास गरेको आरोप लगाउनु भयो । नेपाली जनताले दशकौँ बालिदानीपूर्ण सङ्र्ष गरेर ल्याएको परिवर्तनको आफूहरुले रक्षा गरिरहेको नेता प्रकाशले उल्लेख गर्नुभयो । नेता प्रकाशले कतिपयलाई अहिलेको संविधान नै बढी भएको र नपचेको तर्क गर्नु भयो । नेता प्रकाशले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका शक्तिहरु राजनीतिक परिवर्तनलाई उल्ट्याएर मुलुकमा पुनः राजतन्त्र ल्याउन लागिपरिरहेको बताउनु भयो ।उहांले नवगठित लालबन्दी नगर कमिटीका पदाधिकारीहरुलाई भ्रष्टाचार, अनियमितता र मिटरब्याजीविरुद्ध खरोरुपमा उत्रन निर्देशन दिनु भएको नगर कमिटिकासचिव तथा लालबन्दी नगरपालिका ८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार सपथ ग्रहण कार्यक्रममा लेखाराम जर्गा मगरको अध्यक्षतामा सर्वसम्मत चयन भएको ६५ सदस्यीय नगर कमिटीका पदाधिकारीहरुले प्रमुख अतिथि नेता प्रकाशबाट सपथ ग्रहण गरेका हुन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech