आफ्नो जीत देख्न नसकेर विपक्षी उम्मेदवार तर्सिए : पाँच दलिय उम्मेदवार साह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२४ गते   २६८ पटक हेरिएको

वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार नरेन्द्र साहले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको एमाले गठबन्धनका उम्मेदवारहरुसंग आफुहरुको प्रतिस्पिर्धि नै हुन नसक्ने वताए । राष्ट्रिय हित विपरित,मधेश विपरित लागेको एमाले र जनता समाजवादी(जसपा)को दुई दलिय गठबन्धनका उम्मेदवारहरुको पाँच दलिय वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुसंग प्रतिस्पिर्धि नै हुन नसक्ने वताए । बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट सर्लाही ३ का उम्मेदवार बनेका साह एक्लै भारी भएपनि पाँच दलिय गठबन्धनबाट उम्मेदवार बनेपछि एमाले जसपा गठबन्धनका उम्मेदवार हरि प्रसाद उप्रेती तर्सिएका छन् । 
एमाले जसपा गठबन्धनका उम्मेदवार उप्रेती तर्सिएर पाँच दलिय गठबन्धनका उम्मेदवार साह विरुद्ध नकारात्मक प्रचारवाजी गरेका माओवादी केन्द्रका एक नेताले बताए । दुई दलिय गठबन्धनका उम्मेदवार उप्रेतीले निर्वाचन आचारसंहिता विपरित भ्रामक,कपोकल्पीत र नकारात्मक प्रचार बाजी गरिएको भन्दै पाँच दलिय गठबन्धनका उम्मेदवार साहले आपती जनाएका छन् । उनले आफुलाई अनावश्यक बद्नाम गराउने दुई दलिय गठबन्धनका उम्मेदवार उप्रेतीले गरेका भ्रामक श्रव्य,दृश्य सामाग्रीहरु प्रति विश्वासनगर्न सर्लाही क्षेत्र नम्बर ३ बासीलाई आग्रह गरेका छन् ।
सोही क्रममा उम्मेदवार साहले “आफुले आफ्नो क्षेत्रका जनताको सेवा र आफ्नो क्षेत्रको विकास बाहेकहरु केही नसोचेको र आफुले हार्ने निश्चीत भएपछि अनावश्यक बद्नाम गराउने कपोकल्पीत,भ्रामक श्रव्य र दृश्य सामाग्रीहरु प्रति विश्वास नगर्न सर्लाही क्षेत्र नम्बर ३ बासीलाई आग्रह गरेका छन् ।” “२०७२ सालमा संविधानसभाबाट संविधान घोषणा भएपछि यो देशको आधारभूत रुपमा व्यवस्था परिवर्तनको एउटा कोर्ष पुरा ग¥यौ । हामी अर्को कार्षको लागि २०७४ सालमा पहिलो निर्वाचन लडेर पाँच वर्ष त्यो निर्वाचनको अवधि पुरा गर्दै अहिले २०७९ सालमा हामी दोस्रो निर्वाचन गर्न गईरहेको छौ । यो निर्वाचनमा दुई वटा गठबन्धनको बिचमा भिषण प्रतिस्पर्धामा छौ । एउटा बाम–लोकतान्त्रिक गठबन्धन अर्को दक्षिणपन्थि गठबन्धन भनि राखेका छौ ।”उनले कमलामाई मिडिया प्रा.लिलाई बताए ।
“हामीले लडेर ल्याएको रगतसँग साटेको गणतन्त्र,संघियता,धर्मनिरपेक्षता,समावेशी समानुपातिकता ध्वस्त गर्न चाहाने अर्थात संविधानलाई च्यात्न चाहाने एमाले अध्यक्ष ओली नेतृत्वको गठबन्धनले जित्यो भने हामीले रगतसँग साटेको गणतन्त्र हाम्रै आखाँ अगाडी हरण हुनेछ,संघियता हरण हुनेछ,त्यहाँका सम्पूर्ण धरातलहरु धरापमा पर्नेछ ।” पाँच दलिय गठबन्धनका उम्मेदवार साहले बताए । संविधानको रक्षा गर्नको लागि बाम–लोकतान्त्रिक गठबन्धन गरेर अगाडी सरेका साहको भनाई छ । देशमा विकास र समृद्धि अहिलेको आवश्यकता हो,त्यो विकास र समृद्धि हासिल गर्नको लागि हामी अलग–अलगबाट पहल गरेर हुने देखिएन,त्यसैले यो देशलाई समाजवादको बाटो तर्फ लानको लागि यो गठबन्धन बनेको साहको तर्क छ ।
साहले भने“यो देशको अहिलेको ठूलो शत्रु भनेको भ्रष्टचार हो ।त्यो भ्रष्टचारमा सुन्ने सहनशीलता अपनाउदै हामीहरु कम्तिमा पनि सुशासन सदाचार कायम गरेर समृद्धिको बाटो तिर यो देशलाई बढाउनको निम्ति पनि हामीसँग बाम–लोकतान्त्रिक गठबन्धन बनाएर जानुको विकल्प भएन । एमाले अध्यक्ष ओलीको नेतृत्वमा रहेको साढे तीन वर्षको सरकारमा पनि सबै भन्दा बढी इतिहासमा नै ठूलो प्राविधिक मात्र नभई नीतिगत भ्रष्टचार भएका छन् । त्यसले देशलाई कङ्गाल बनाएको छ ।

यो देशलाई समृद्धिको बाटोमा अगाडी बढाउन, सुशासन,सदाचार र समाजवाद निर्माणको बाटो तिर अगाडी बढ्न पनि बाम–लोकतान्त्रिक गठबन्धनको विकल्प भएन ।जसले गर्दा आज हामी बाम–लोकतान्त्रिक गठबन्धन बनाएर अगाडी बढिरहेका छौ ।” सर्लाही ३ का आवश्यकताको विषयमा आफु जानकार रहेकाले ५ वर्षमा जनताले कुनै गुनासो नगर्नि गरी काम गरेर देखाउने पाँच दलिय गठबन्धनका साझा उम्मेदवार साहले प्रतिबद्धता जनाए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech