रौतहट प्रहरीद्धारा १ हजार बढी मानिस सहित साँढे २ हजार किलोग्राम लागु औषध बरामद्

416 Shares

जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८०/०८१ मा एक हजार एक सय ६८ जना मानिसहरु सहित दुई हजार छ सय ६८ किलो ८७ ग्राम लागु औषध बरामद् गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा एक हजार तीन सय २२ वटा लागु औषध सम्बन्धी मुद्धा दर्ता गरेको रौतहट प्रहरीले दुई हजार ५४ किलो प्रतिवन्धित लागु औषध गाँजा,४५ किलो २३ ग्राम चरेश र पाँच सय ६९ किलो ६४ ग्राम ब्राउण्ड सुगर(हिरोइन) बरामद् गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिए ।
उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ५७ करोड ४० लाख ३५ हजार छ सय ५१ रुपैँया बराबरको भन्सार छलीका सामानहरु नियन्त्रणमा लिएको छ।नेपाल भारत खुल्ला सिमानाका कारण भारतबाट अवैध तरिकाले भन्सार छली नेपाल भित्र्याईएका भन्सार छलीका सामानहरुका साथै सवारी साधनहरु नियन्त्रणमा लिएर सरोकारवाला कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा रौतहटमा एक सय ६३ जना मानिसहरुले आत्माहत्या गरेका जिल्ला प्रहरी कार्यालय रौतहटको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यसैगरी,महिलाहरुसंग सम्बन्धि एक हजार नौ सय ३६ वटा उजुरी परेकामा एक हजार सात सय ५० वटा उजुरीहरु मिलापत्र गरिएको प्रहरीले जनाएको छ ।दुई हजार आठ सय ५९ वटा ठाडो उजुरी परेकामा दुई हजार पाँच सय ८४ वटा उजुर मिलापत्र गरिएको प्रहरी जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।जिल्ला अदालत रौतहटबाट फरार सुचिमा रहेका तीन सय १९ जना मानिसहरुलाई पक्राउ गरि अदालतमा बुझाउन सफल भएको रौतहट प्रहरीले ७९ वर्ष तीन महिना तीन दिन कैद सजाय र एक करोड ५४ लाख ५६ हजार दुई सय ८८ असुल उपर भएको छ।
भरुवा बन्दुक एक थान,रिभाल्वर पेस्तोल एक थान,कटुवा पेस्तोल पाँच थान गरी सात थान र २० राउण्ड गोली,९६ वटा हराएका मोवाईलहरु,चार वटा मुद्धा दर्ता,आठ जना मानिस पक्राउ र ३८ लाख नौ हजार हुण्डी रकम,एक सय ५२ वटा अवैध मदिरा भट्टी नष्ट,४९ हजार एक सय ४५ लिटर तयारी मदिरा,तीन लाख २३ हजार ९५ लिटर कच्चा पदार्थ,१० जना मानिस पक्राउ,७४ थान मेसिन बरामद्का साथै एक हजार ४३ वटा अनुचित लेनदेन सम्बन्धि मुद्धाहरुको मिलापत्र,र २१ करोड ५६ लाख २७ हजार छ सय छ रकमफिर्ता र ३० बिघा १७ कठ्ठा १७ धुर जमिन फिर्ता गराउन रौतहट प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए । तनि हजार ८८ वटा सामुदायिक कार्यक्रमबाट एक लाख २२ हजार एक सय ५७ जना लाभान्वित भएका प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार