बर्दिवासबाट करिब ३ सय स्वस्तिक छाप लागेका सुर्य चुनाव चिन्हका मतपत्र सहित भारतिय सवारी प्रहरीको नियन्त्रणमा

1.2k Shares

महोत्तरीको बर्दिवासबाट स्वस्तिक छाप लगाएको मतपत्र बोकेको एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दिवास नगरपालिका ३ स्थित गौरीडाँडाबाट स्वस्तिक छाप लगाएको मतपत्र बोकेको भारतीय नम्बरको सवारी साधन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 
बर्दिवास नगरपालिका ३ स्थित गौरीडाँडाबाट शुक्रबार साँझ करिब ७ बजे स्वस्तिक छाप लगाएको मतपत्र बोकेको एच आर ३६ एस ५४७१ नम्बरको भारतीय सवारीसाधन  नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
नियन्त्रणमा लिएको भारतिय नम्बरको सवारीसाधनमा सूर्य चिन्हमा स्वस्तिक छाप लगाएको २ सय ६२ थान नमूना मतपत्र फेला परेको प्रहरी उपरिक्षक पंगेनीले जानकारी दिए । पक्राउ परेको भारतिय नम्बरको सवारीसाधनलाई इलाका प्रहरी कार्यालय बर्दिवासको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी उपरिक्षक पंगेनीले बताए ।
 मंसिर ४ को प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मौन अवधिमा आचारसंहिता विपरीत चुनावी प्रचारका सामाग्री लिएर हिँडेको भारतिय नम्बरको सवारीसाधन र चालकलाई निर्वाचन कार्यालय महोतरीमा कार्बाहीका लागि सिफारिस गरिने प्रहरी उपरिक्षक पंगेनीले बताए । तर प्रहरीले चालकको विवरण गोप्य राखेको छ ।
मधेश प्रदेशका विभिन्न स्थानमा मतपत्र तथा स्वस्तिक छाप लगाएको मतपत्र प्रहरीले नियन्त्रणमा लिई रहेको छ । मधेश प्रदेशका जिल्लाहरुमा निर्वाचन आचारसंहिता विपरित भारतिय नम्बरका सवारी साधनहरुको प्रयोग बढ्नुका साथै चुनाव प्रचार प्रसार र मत माग्ने काम जारी रहेको भएपनि निर्वाचन आचारसंहिता अनुगमन समिति मौन देखिएको छ । 

सम्बन्धित समाचार