असुलीमा संग्लग्न रहेको आरोपमा प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछी जिल्ला प्रहरी कार्यालय सिन्धुलीका घुमुवा प्रहरी जवान प्रकास साउद र जिल्ला प्रहरी कार्यालय सर्लाही अन्तरगत ईलाका प्रहरी कार्यालय नवलपुरमा कार्यरत मधेश प्रदेश प्रहरी कार्यालयका घुमुवा असई राम प्रवेश यादवलाई आवश्यक अनुसन्धानका लागि भन्दै प्रहरी प्रधान कार्यालय तानिएको छ ।
लामो समय जिल्ला प्रहरी कार्यालय सिन्धुली मातहतका प्रहरी कार्यालयहरुमा कार्यरत देखाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको घुमुवाको रुपमा रहेका असई यादव पछिल्लो समय सरुवा भएर जिल्ला प्रहरी कार्यालय सर्लाही आएपछि प्रहरी प्रमुख(आईजी)दिपक थापाको नाम भजाएर मधेश प्रदेश प्रहरी कार्यालयको घुमुवाको रुपमा रहेका असई यादवले सर्लाहीमा चर्काे असुली चलाएका भन्दै उजुरी परेपछी अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा तानिएको प्रहरी स्रोतको भनाई छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख(डिआईजी)उमा प्रसाद चर्तुेवदीले क्राईम ब्रान्च हेर्ने तथा कार्यरत एक ठाउँमा देखाएर सादा पोशाकमा प्रहरी कर्मचारीहरु परिचालन गरी मधेशमा असुलीको आतंक मच्भ्याउने गरेका र सो कार्य अन्र्तगत सर्लाहीमा असई यादवले चर्काै कमिसन असुली चलाएका समय समयमा प्रहरी संगठनमा चर्चा हुने गरेको ती प्रहरी कर्मचारीले बताए ।
त्यसैगरी,जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा घुमुवाको रुपमा रहेका प्रहरी जवान साउदले पनि सिन्धुलीमा चर्काे कमिसन असुली चलाएका भन्दै उजुरी परेपछि प्रहरी प्रधान कार्यालय तानेर अनुसन्धान सुरु गरिएको प्रहरी प्रधान कार्यालय स्रोतको भनाई छ ।प्रहरी जवान साउदले महोत्तरीको बर्दिवासदेखि दोलखासम्मको लाईन मिलाउने गरेका,जिल्ला प्रहरी कायार्लय सिन्धुलीका प्रहरी प्रमुखहरुलाई हातमा लिएर ठूलो मात्रामा भन्सार छलीको काम गराउने गरेका र भारतिय चिनी तथा रासायनीक मललाई नेपाली बोरामा पल्टी गर्ने तथा कपडा ईटा लगायत पराल र चामलको ट्रकमा हालेर यरीया कटाउने गरेको पाइएको हो ।
वि.पी.राजमार्गबाट सिन्धुली हुँदै अन्यन्त्र जाने भन्सार छलीका सामानहरुका साथै नदीजन्य उद्योगहरु,काठहरु तस्करी,जुवा,तास,गाँजाका साथै देह व्यापारको रकम संकलन गरेर जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक लालध्वज सुवेदीलाई बुझाउने गरेका प्रहरी स्रोतको दाबी छ ।