सर्लाहीमा भारतीय नागरिकको हत्या प्रकरणका दुई अभियुक्त पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-५-१८ गते   २७७ पटक हेरिएको

 सर्लाहीको हरिपुर्वामा एक भारतीय नागरिकको घाँटी काटी हत्या गरेको आरोपमा सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वैशाख २७ गते हरिपुर्वा नगरपालिका १ मा भारतको सीतामढी जिल्ला सोनवर्षा ग्रामपञ्चायत ९ का अन्दाजी २७ वर्षीय सिकु कुमारको घाँटी काटी विभत्स रुपमा हत्या गरिएको घटनाको अनुसनधान गर्ने क्रममा दुई जना भारतिय नागरिकलाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले भारतको सीतामढी जिल्ला सोनवर्षा ग्रामपञ्चायत ३ का २५ वर्षीय मनिष चौधरी र सोही ठाउँका २६ वर्षीय राजेश महतो सुढीलाई फक्राउ गरि जिल्ला अदालत सर्लाहीमा पेश गरिएको सर्लाही प्रहरीले जनाएको छ । 
भारतमा व्यापारिक कारोबारका क्रममा एक अर्काबीच अविश्वास भइ मनमुटाव हुँदा सुढीले योजनावद्ध तरिकाले हत्या गर्न लगाएको खुलेपछि दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार हत्यामा संलग्न अन्य तीन जना भारतीय नागरिक अझै फरार रहेका र उनीहरुको खोजी कार्य जारी रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech