Close This

प्रजातन्त्र दिवशको अवसरमा सर्लाहीमा हाजिरिजवाफ प्रतियोगीता आयोजना

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-११-७ गते   २९२ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा अन्तर मा.वि स्तरीय हाजिरि जवाफ प्रतियोगीता सम्पन्न भएको छ । नेशन सापोर्ट फाउन्डेशन र कमलामाई मिडिया प्रालीको संयुक्त आयोजनामा लालबन्दी नगरपालिका १६ मा रहेको डिम जनता मा.विमा अन्तर मा.वि स्तरीय हाजिरि जवाफ प्रतियोगीता सम्पन्न गरेको हो । 
प्रजातन्त्र दिवशको अवसर पारेर आयोजना गरिएको हाजिरिजवाफ प्रतियोगीतामा लालबन्दी र इश्वरपुर नगरपालिकाका गरि ४ वटा विद्यालयहरुको सहभागीता रहेको थियो । लालबन्दी नगरपालिका १६ को डिम जनता मा.वि,लालबन्दी नगरपालिका १२ को नारायण जनता मा.वि,लालबन्दी नरगपालिका १७ को फौदसिंह मावि र इश्वरपुुर नगरपालिका १२ को नेपाल राष्ट्रिय जनता मा.विको सहभागीतामा भएको कार्यक्रममा लालबन्दी नगरपालिका १६ को डिम जनता मा.वि प्रथम भएको छ भने लालबन्दी नरगपालिका १७ को फौदसिंह मा.वि द्धितिय,नेपाल राष्ट्रिय जनता मा.वि त्रितिय र नारायण जनता मा.वि सान्त्वना भएको नेशन सपोर्ट फाउन्डेशनका अध्यक्ष राजेश साहले जानकारी दिनु भयो ।
निरन्तर सामाजिक काम गरि रहेका नेशन सापोर्ट फाउन्डेशन र कमलामाई मिडिया प्रालीले केही महिना पहिला निःशुल्क रक्त समुह पहिचानको काम समेत गरेका थिए । समाजमा सकारात्मक सन्देश दिने उद्धेश्यका साथ सामाजिक काममा लागेका यी दुइ संस्थाले अन्य सरकारी तथा गैर सरकारी संस्थाहरुको नजर नपुगेका स्थानहरुमा सामाजिक काम गर्दै आएका छन् । 
लालबन्दी नगरपालिका १५ र १६ का वडा अध्यक्षहरु सहित चारवटै विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागीतामा भएको कार्यक्रममा हरेक विद्यालयबाट ३/३ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । प्रतियोगीतामा सहभागी भइ विजेता भएका विद्यालयहरु तथा विद्यार्थीहरुलाई पुरस्कार र  प्रतियोगीतामा सहभागी भएका विद्यालयहरुलाई प्रमाण पत्रको व्यावस्था गरिएको कमलामाई मिडिया प्रालीका अध्यक्ष÷सञ्चालक तथा प्रवन्ध निर्देशक पत्रकार शंखर पहाडी(गौरब)ले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech