गुडिरहेकाे बसबाट खसेर चाैधरीकाे मृत्यु

457 Shares

पुर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिमा १२ स्थित बाँके जङ्गलमा गुडिरहेकाे बसबाट खसेर एक जनाकाे मृत्यु भएको छ ।सप्तरीको शम्भुनाथ नगरपालिका ४ नरहियाका अन्दाजी वर्ष ३० का शंकर प्रसाद चाैधरीकाे काठमाडौंबाट विराटनगर तर्फ जाँदै गरेकाे ना ७ ख १०५० नम्बरकाे गुडिरहेकाे यात्रु बसबाट खसेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले कमलामाई मिडिया प्रा .लि.लाई जानकारी दिए ।

उनका अनुसार गुडिरहेकाे बसबाट खसेका चाैधरीलाई तत्कालै उपचारका लागि वीरगन्ज स्थित बयाेधा हस्पतालमा लगिएकोमा त्यहाँ चिकित्सकले मृत घाेषणा गरेका हुन् ।मृतक चाैधरीकाे शव पाेष्ट माटमका लागि नारायणी अस्पतालमा राखिएको र बस प्रहरी चाैकी फुलजाेरमा र बसका चालक ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयवास प्रहरीको नियन्त्रणमा रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार