दुर्गा कुमारी अधिकारी
नेपाल कुशवाहा कल्याण समाज सर्लाहीको छैंठौँ जिल्ला अधिवेशन सर्लाहीको लालबन्दीमा सम्पन्न भएको छ । नेपाल कुशवाहा कल्याण समाज सर्लाहीको छैंठौँ जिल्ला अधिवेशनको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका छन् ।
लालबन्दी नगरपालिका ७ स्थित लालबन्दी पार्टी प्यालेसको प्राङ्गणमा आयोजित नेपाल कुशवाहा कल्याण समाज सर्लाहीको छैंठौँ जिल्ला अधिवेशनको अवसरको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी सर्लाहीसँगको समन्वयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका नेपाल कुशवाहा कल्याण समाज सर्लाहीले जनाएको छ ।
अधिवेशनको जिल्ला अध्यक्ष लक्ष्मण महतोको अध्यक्षता एवम केन्द्रीय अध्यक्ष तपेश्वर महतोको प्रमुख आतिथ्यतामा समाजको जिल्ला अधिवेशन उद्घाटन भएको हो । भने यो समाचार तयार पर्दा सम्म बन्दसत्र जारी रहेको पाइएको छ ।बन्द सत्रले नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सक्किने छ ।