नेपाल–भारत सीमा नाका खोल्न सर्लाहीवासीको माग

3.3k Shares

छिमेकी देश भारतसंग सिमा जोडिएको नेपाल–भारत सीमा नाका खोल्न सर्लाहीवासीले माग गरेका छन् । कोरोना भाईरस(कोभिड १९) संक्रमण नियन्त्रणका लागि लामो समयदेखि बन्द रहेको नेपाल–भारत सिमा नाकाका कारण दुवै देशका सीमावर्ती क्षेत्रका बासिन्दाहरुले आफूहरु समस्यामा परेको भन्दै नाका नखोलिए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सोमबार जिल्ला समन्वय समिति सर्लाहीमा बसेको सर्वपक्षीय बैठकले मंगलबारदेखि आन्दोलन गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले मलंगवा गोरखकाली सोनवरसा (भारततर्फ) जाने बाटोमा मंसिर २ र ३ गते ११ बजेदेखि १ बजे सम्म धर्ना कायबर््क्रम गर्नै भएको हो  ।
सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रतिनिधि तथा प्रदेश सभाका सदस्य, जिल्लाका स्थानिय निकायका प्रमुख तथा प्रतिनिधिहरुका साथै उद्योग बाणिज्य संघका  प्रमुखलगायतको  सहभागिता रहेको थियो । धर्नापश्चात पनि सीमा नाकाहरु खुल्ला नगरिए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने जिसस सभापति चौधरीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सीमा नाका मङ्सिर १ गतेदेखि खुल्ने आशमा रहेका जिल्लाबासी कात्तिक ३० गते सरकारले थप एक महिना बन्द गर्ने निर्णय गरेपछि जिल्लाबासीहरु आक्रोसित भएका हुन ।

सम्बन्धित समाचार