Close This

सर्लाहीमा सरकारी सवारी साधनको दुरुपयोग,गैर कानुनी कार्यमा समेत प्रयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-२६ गते   ६० पटक हेरिएको

“जो अगुवा उहि बाटो हगुवा ” भने झैँ पछिल्लो समय सर्लाहीका जनप्रतिनिधिहरु र कर्माचारीहरुको मनोमनी बढेको छ । देश र जनताका लागि काम गर्ने जनप्रतिनिधी तथा राष्ट्र सेवक कर्मचारी र तीनका नजिकका नातेदारले नै देशको नियम कानूनको धज्जी उडाउने गरेका पाइएको छ । 
पछिल्लो समयमा जनप्रतिनिधिहरु र कर्माचारीहरुले आफुहरुलाई सर्बैसर्वा सम्झीने गरेका पाइएको छ । जसका कारण कानूनको खिल्ली उडेको छ । समाजको नेतृत्व गर्ने स्थानीय सरकारका प्रमुख र कर्माचारीहरुका  आफन्तहरु उनीहरुको पदको धम्की लगाउँदै नियम कानुनको धज्जी उठाउँदै गैर जिम्मेवार तरिकाबाट चल्ने गरेको पाइएको छ ।
निर्वाचन जितेपछि गाउँपालिका तथा नगरपालिकाबाट कार्यालयको कामको लागि पाएकोे सरकारी सवारी साधनहरुको चरम दुरुपयोग भएको छ । सर्लाहीका  अधिकांश जनप्रतिनिधिहरुले पाएका दुई पांङ्ग्रो तथा चार पांङ्ग्रो सवारी साधनहरु शनिबार तथा विदाको दिनमा र आफ्न्तको घर जानका साथै घुम्न जान प्रयोग हुने गरेका छन् । 
भने सवारी चालक अनुमती पत्र समेत नभएका चालकहरुले ट्राफिक नियम विपरित सञ्चालन गरेको पाइएको छ । जनप्रतिनिधिहरु तथा कर्माचारीहरुका लागि कार्यलय प्रयोजनका लागि भनि दिएको सरकारी सवारी साधनहरु कार्यालय प्रयोजनमा  प्रयोग हुनुको साटो व्यक्तिगत काममा प्रयोग हुने गरेको छ । ति मोटरसाइकलहरु घर खेतको कामदेखि जन्ती जान र नेपालबाट भारत र भारतबाट नेपालमा भन्सार छलीका सामानहरु ओसार पसार गर्ने कार्यमा प्रयोग भइरहेका छन् ।
चार पांङ्ग्रो सवारी साधनहरु आफ्ना नातागोता तथा गल्फेण्ड बोकेर हिड्ने काममा प्रयोग भएका छन् भने दुई पांङ्ग्रो सवारी साधनहरु विना हेल्मेट,चालक अनुमती पत्र समेत नभएका चालकहरु र सिट क्षमता भन्दा बढी मानिसहरु र गैर कानुनी क्रियाकलापका लागि प्रयोग हुने गरेका पाइएको छ ।
 जनप्रतिनिधि तथा कर्मचारीहरु कार्यालय जाँदा÷आउँदा तथा अन्य विभिन्न कार्यक्रमहरुमा जाँदा समेत हेल्मेट,सवारी दर्ता किता तथा सवारी चालक अनुमती पत्र समेत साथमा नराखी सिट क्षमता भन्दा बढी मानिसहरु बोकी  सार्वजनिक कार्यक्रममा जाँदा हेलमेट नलगाइ जाने गरेका छन् । 
जिम्मेवार जनप्रतिनिधीहरु र कर्माचारीहरुले नै नीयम कानुनलाई लत्याइरहेका कारण समाजमा गलत सन्देश गइरहेको जानकारहरुले बताएका छन् ।  भने ट्राफिक प्रहरीलाई समेत सास्ती बढेको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech