Close This

बागमती नगरपालिका ८ सोल्टी बजारमा इन्द्रजात्रा मेला महोत्सव शुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-१ गते   ३३४५ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका ८ स्थित शंकरपुर सोल्टी बजारमा आज(शुक्रबार)बाट ४८ औं इन्द्र जात्रा मेला महोत्सव शुरु भएको छ । प्रत्येक बर्ष इन्द्रजात्राको अवसरमा आयोजना हुँदै आइरहेको इन्द्र जात्रा मेला महोत्सवको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले उद्घाटन गर्नु भएको छ । 
सोल्टी यूवा क्लव र बागमती उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको मेलामा प्रदेश स्तरिय खुल्ला डान्स प्रतियोगीता, कुस्ती, विभिन्न खेल तमासा, रोटेपीङ र स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । मेलामा स्थानीय उत्पादनका साथै विभिन्न व्यापारिक स्टलसमेत रहने महोत्सव आयोजक समितीका अध्यक्ष टिका दर्लामीले जानकारी दिनु भयो ।
बागमती नगरपालिका,व्यापारी÷व्यावसायीहरुका साथै विभिन्न संघ÷संस्था तथा स्थानीयको व्यक्तिगत सहयोगमा महोत्सव आयोजना गरिएको बागमती नगरपालिका ८ का वडा सदस्य कृष्णदेव कुशवाहाले बताउनु भयो । महोत्सवको पहिलो दिन आज(शुक्रबार)स्थानीय कलाकारहरुकोे नृत्य रहेको छ । भोली(शनिबार) २ गते आर्केष्ट्रा हुने आयोजकले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech