Close This

लालबन्दीमा व्युटिसियन तालिम सम्पन्न, वडा अध्यक्ष श्रेष्ठद्धारा तालीममा सहभागीहरुलाई प्रमाण—पत्र वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-१२ गते   २९८४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ८ मा सञ्चालित असिस्टेन्ट व्युटिसियन तालिम सम्पन्न भएको छ । आईएफएडीको आर्थिक सहयोग, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) हेल्वेटासको प्रविधिक सहयोगमा गण्डकी पोलिटेक्निक इन्सिच्युट प्रा. लि.द्वारा सञ्चालित ६५ दिने असिस्टेन्ट व्युटिसियन तालिम शनिबार सकिएको हो ।
गण्डकी पोलिटेक्निक इन्सिच्युट प्रा. लि.का कोडिनेटर घम कुमार श्रेष्ठ (राज कुमार)को सभापतित्व तथा लालबन्दी नगरपालिका ८ का वडाध्यक्ष एवम् लालबन्दी नगरपालिकाका प्रवक्ता राजन कुमार श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको तालिम समापन कार्यक्रममा ६५ दिने तालिममा सहभागी भएका प्रशिक्षार्थीहरुलाई प्रमाण—पत्र वितरण गरिएको हो ।
प्रमुख प्रशिक्षक बविना श्रेष्ठ , निशा वाईवा,रविना खड्का लगायतले ४० जना प्रशिक्षार्थीहरुलाई तालिम दिनु भएको थियो । आईएफएडीको आर्थिक सहयोग, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) हेल्वेटासको प्रविधिक सहयोगमा गण्डकी पोलिटेक्निक इन्सिच्युट प्रा. लि.ले सिप सिकेर स्वारोजगार बनाउन देशका विभिन्न स्थानमा सिपमुलक तालिम सञ्चालन गरि रहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech