Close This

सर्लाही चेम्बर अफ कमर्सद्धारा जिल्लाका सुरक्षा निकायहरुका प्रमुखहरुलाई स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-१२ गते   २७८ पटक हेरिएको

सर्लाही चेम्बर अफ कमर्सको आयोजनामा लालबन्दी नगरपालिका १ नवलपुरमा सर्लाहीका प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख र शसस्त्र प्रहरी प्रमुखलाई स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।
भरखरै सर्लाही सरुवा भएर आउनु भएका सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा,प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाई,शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरिक्षक भरत खनिँयालाई  सर्लाही चेम्बर अफ कमर्सले एक कार्याक्रमको आयोजना गरि स्वागत गर्नुका साथै दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान गरिएको सर्लाही चेम्बर अफ कमर्सका महासचिव सुसिल चालिसेले जानकारी दिनु भयो ।
सामुहिक तास खेलेको काण्ड बाहिरिएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी राम कुमार महतो,प्रहरी प्रमुख सन्तोष सिंह राठौर,शसस्त्र प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगाराम श्रेष्ठलाई विभागले तानेको थियो । उनिहरु तानिएपछि सर्लाही आएका तीनै तहका प्रमुखहरुलाई जिल्लाको शान्ती सुरक्षा,अमन चयन तथा गैर कानुनी क्रियाकलाप नियमन तथा न्युनिकरण गर्न स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रम मार्फत माग गरिएको सर्लाही चेम्बर अफ कमर्सका बरिष्ठ उपा अध्यक्ष बैकुण्ठ सापकोटाले बताउनु भयो ।
सर्लाही चेम्बर अफ कमर्सका अध्यक्ष रामभक्त प्रधानको अध्यक्षतामा भएको कार्यक्रमका विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रसाईले आफ्नो प्रदेश २ को कार्यअनुभव लामो रहेको बताँउदै सर्लाहीमा हुने गैर कानुनी क्रियाकलाप र अपराधिक गतिविधिहरु नियन्त्रण तथा नियमनमा आफुलाई सबैले सहयोग गरेमा उल्लेख्य सुधार गर्ने बताउनु भयो  । उहाँका अनुसार खुल्ला सिमानाको प्रयोग गर्दै हुने सबै प्रकारका अपराधिक गतिविधिहरुमा सर्लाही प्रहरी  सजग र सर्तक रहेको बताउनु भयो । साथै गैर कानुनी क्रियाकलापमा कोही कसैको सिफारिस अमान्य हुने उहाँले बताउनु भयो । 
त्यसैगरी सर्लाहीका प्रमुख जिल्ला अधिकारी एवम कार्यक्रमका प्रमुख अतिथि खतिवडाले जिल्लामा हुने गतिविधिहरु नियमन तथा न्युनिकरणको लागि आफु सहित आफ्नो सबै टिम लागेर काम गर्ने बताउनु भयो । उहाँले सबैले आफ्नो काम इमान्दारीताका साथ गर्ने हो भने सबै ठिक हुने बताउनु भयो  । कार्यक्रममा सहभागीहरुले सिमानाको आवतजावतमा सहजता,जिल्लाको शान्ती सुरक्षा।अमन चयनमा सुधार,लागु औषध नियन्त्रण,ट्राफिक नियमको उल्लंघन लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा  सर्लाही चेम्बर अफ कमर्सका पदाधिकारीहरुको साथै सदस्यहरु,स्थानियबासी लगायतको उपस्थिती रहेको थियो ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech