सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा सहितलाई जिल्ला अदालत सर्लाहीले धरौटीमा रिहा गरेको छ।सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले नगर प्रमुख थापा सहितलाई रु ५० लाख धरौटीमा छाड्ने आदेश दिएको हो।नगर प्रमुख थापामाथि अवैध रूपमा ढुङ्गा,गिटी र बालुवा उत्खन्न गरी वन ऐनको उल्लंघन गरेको आरोप लगाउँदै वन सम्बन्धी मुद्धा जिल्ला अदालत सर्लाहीमा दर्ता भएको थियो ।
नगर प्रमुख थापा सहितमाथि ४७ लाख घन मिटरभन्दा बढी वन पैदावारमा क्षति पु¥याएको आरोपसहित एक अर्ब ४७ करोड ३९ लाख ४३ हजार तीन सय ३७ रुपैयाँ ४५ पैसाको बिगो दाबी गरिएको थियो ।उक्त प्रकरणमा नगर प्रमुख थापासहित उपप्रमुख लीला कुमारी मोक्तान,तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल,तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि मुद्दा दायर गरिएको थियो ।